Widgets

Home » , » श्रीलंकामा के गर्दैछ नेपाली क्रिकेट टोली?

श्रीलंकामा के गर्दैछ नेपाली क्रिकेट टोली?

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
श्रीलंकामा के गर्दैछ नेपाली क्रिकेट टोली?
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले अभ्यासमा सबै खेलमा पराजित भए पनि स्तरीय प्रतिद्वन्द्वी पाउँदा तयारी राम्रो भएको बताएका छन्। सिंगापुरमा अगस्ट १७ बाट हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि नेपाली टोली श्रीलंका भ्रमणमा छ। श्रीलंका यु–२३ टोलीसँग खेलेका चारै अभ्यास खेलमा नेपाल पराजित भएको थियो। शनिबार तेस्रो खेलमा विजय नजिक पुगे पनि नेपाल बाँकी तीन खेलमा सजिलै पराजित भएको थियो। नर्थ इस्ट कम्बाइन टोलीसँग कोलम्बोको मुर स्पोर्टस मैदानमा नेपालले मंगलबार अन्तिम अभ्यास खेल खेल्नेछ। 'लगातार चार हारले हामी अत्तालिएका छैनौं, आफूले खेलेको खेल जित्न चाहनु स्वाभाविक हो। तर श्रीलंकाको यु–२३ राम्रो टोली हो, उनीहरूको एउटा स्तर छ,' दासानायकेले श्रीलंकाबाट नागरिकसँग टेलिफोन सम्पर्कमा भने, 'हामी पनि उनीहरूको स्तरमा छौं। तर निरन्तर त्यो स्तरमा खेल्ने बानी छैन। हामी त्यो बानी विकास गर्न चाहन्छौं। यस्तै प्रतिद्वन्द्वीसँग खेलिरहन चाहन्छौं।' श्रीलंकाको टोलीमा सबै प्रथम श्रेणी खेलिसकेका खेलाडी थिए। त्यसमा किथुरुवान भिथानागेले दुई टेस्ट तथा अकिला धनन्जयले एक एकदिवसीय अन्तर्राष्ट्रिय र ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। श्रीलंकाली टोली पनि टिम्स कप तयारीमै छ। 'हामीले पहिलो दुई अभ्यास खेलमा ब्याटिङलाई संघर्ष गर्नुपर्‍यो, तर अन्तिम खेलमा ५० ओभर खेल्यौं। हामी तेस्रो खेलमा विजय नजिक पुगेर रोकियौं,' नेपाली ब्याट्सम्यानले शृंखलामा राम्रो अभ्यास गर्न पाएको ठम्याउँदै दासानायकेले भने, 'हाम्रो माथिल्लो क्रमका ब्याट्सम्यानले उच्चस्तरीय बलिङ सामना गर्न पाउनु सकारात्मक पक्ष हो।' नेपालले नोभेम्बरमा युएई तथा त्यसको दुई महिनापछि न्युजिल्यान्डमा गएर एकदिवसीय विश्वकप छनोट खेल्दैछ। दासानायकेले श्रीलंकाको प्रशिक्षण र अभ्यास खेलले त्यसमा ठूलो प्रभाव पार्ने बताए। 'हामीले ४ अभ्यास खेलमा प्रयोग गर्‍यौं। सबै खेलाडीलाई मौका दियौं। सबैले राम्रो अनुभव बटुले, अन्तिम खेलमा सिंगापुरमा खेल्ने पहिलो रोजाइको टोली उतार्ने छौं,' उनले भने, 'सिंगापुरमा हामी प्रत्येक खेल जित्ने प्रयास गर्नेछौं। सिंगापुरमा अफगानिस्तानसँग समान स्तर राख्न प्रयास गर्नेछौं।' एसियाली क्रिकेट परिषद् (एसिसी) का डेभलपमेन्ट अफिसर रुमेश रत्नायके र बैंकटपति राजुले नेपाली टोलीलाई श्रीलंकामा नियालिरहेका छन्। भारतका पूर्वस्पिनर राजुले नेपाली स्लो बलरहरूलाई सघाइरहका छन्। 'शक्ति गौचन र वसन्त रेग्मीले सधैँजस्तो राम्रो बलिङ गरेका छन्, अहिले नयाँ बलरहरूले पनि भविष्यका लागि राम्रो संकेत गरेका छन्,' दासानायकेले भने। श्रीलंकाको भ्रमणक्रममा पारस र प्रदीप ऐरीसँग पृथु बाँस्कोटा पनि सामान्य घाइते भएको उनले जानकारी गराए। 'पृथु त्यही भएर पछिल्लो दुई खेलमा खेलेनन्। सबैको चोट सामान्य छ। पारसको चोट केही चिन्ताको विषय हो,' दासानायकेले भने, 'पारसले ब्याटिङ गरे पनि बलिङ र ग्राउन्ड फिल्डिङ गर्दा समस्या देखिएको छ। ऊ हाम्रो टोलीका अलराउन्डर हुन्। लामो समयसम्म चोटमुक्त नहुँदा केही चिन्ता लागेको छ।' दासानायके सागर पुनको प्रदर्शनबाट प्रभावित छन्। सागरले एउटा राम्रो अलराउन्डरको प्रभाव देखाएको भन्दै दासानायकेले उनका बारे भने, 'उनले श्रीलंका जस्तो टोलीसँग राम्रो खेले। उनले ब्याटिङका साथै बलिङ पनि राम्रो गरे। फिल्डिङ पनि उसको राम्रो छ।' नेपाल ३ रनले पराजित भएको तेस्रो खेलमा सागरले ६ विकेट लिनुका साथै ३१ रन बनाएका थिए। चौथो खेलमा पनि सागरले २९ रन बनाए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger