Widgets

Home » , » हिंसाको सम्बन्ध जलवायु परिवर्तनसँग !

हिंसाको सम्बन्ध जलवायु परिवर्तनसँग !

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

climate change

लन्डन (बीबीसी), श्रावण २६ - अमेरिकाको साइन्स जर्नलमा प्रकाशित एक अध्ययनन रिपोर्टले संसारमा हिंसाका घटना बढ्नुको जलवायु परिवर्तनसँग सीधा सम्बन्ध रहेको दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरूको टोलीले अनुसन्धान क्रममा यस्तो निष्कर्ष निकालेको दाबी गरेका हुन् । तापमान कम हुने या वर्षात्जस्ता सामान्य जलवायु परिवर्तनको सम्बन्ध हिंसा, बलात्कार, हत्या, समूहहरूबीच झडप तथा युद्धसम्मका घटनामा हुन सक्ने उक्त रिपोर्टमा उल्लेख छ । २ डिग्री सेल्सियस तापमान बढ्दा व्यक्तिगत हिंसा १५ प्रतिशत र सामूहिक हिंसा ५० प्रतिशत बढ्ने सम्भावना रहेको ती अमेरिकी वैज्ञानिकहरूको अनुमान छ । जलवायु परिवर्तनको वर्तमान अवस्था हेर्दा संसारमा हिंस्रक घटना अझै बढ्ने सम्भावना रहेको वैज्ञानिकहरू भन्छन् । उक्त अनुसन्धानसम्बद्ध क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक मार्सल बर्क भन्छन्, 'अनुसन्धान क्रममा हामीले विभिन्न कालखण्डमा मुख्य प्रायद्वीपको अध्ययन गर्‍यौं, जसमा जलवायु परिवर्तनसँग हिंसाको गहिरो सम्बन्ध पाइयो ।' उक्त अध्ययन क्रममा वैज्ञानिकहरूले ६० भन्दा बढी रिपोर्टहरूको थप अध्ययन गरेका थिए, जसमा सयौं बर्षका आँकडालाई आधार बनाइएको थियो । त्यस क्रममा सुख्खा मौसममा भारतमा घरेलु हिंसा बढेको र तातो हावा 'लू' चलेको समयमा अमेरिकामा छिनाझप्टी, बलात्कार र हत्याका घटनामा वृद्धि भएको पाइएको थियो । यस्तै, युरोपमा हुने नश्लीय टकराव तथा अफ्रिकामा जारी गृहयुद्धमा पनि तापमान घटबढको सीधा सम्बन्ध पाइएको थियो । वैज्ञानिकहरू जलवायु परिवर्तनबाट हिंसाका घटनामा वृद्धिको यकिन कारणको खोजीमा जुटेका छन् । बर्कका अनुसार जलवायु परिवर्तनको खास सम्बन्ध मानिसको आर्थिक स्थितिबाट देख्न सकिने आधार पाइएको छ । खासगरी कृषिमा आधारित अर्थतन्त्र भएका मुलुकमा जलवायु परिवर्तनका कारण मानिसको क्रयशक्तिमा फरक परेको देखिएको छ । 'कुनै विद्रोहमा मानिसको हिस्सेदारीको निर्णयसँग उसको आर्थिक स्थिति जोडिएको पर्याप्त प्रमाण हामीले संकलन गरेका छौं,' बर्क भन्छन् । उनका अनुसार मानिस हिंस्रक बन्नुको कारण जलवायु परिवर्तनबाट उसको शरीरमा आउने परिवर्तन पनि हुन सक्ने अनुमान छ । गर्मीका कारण मानिस हिंस्रक हुने सम्भावनालाई अध्ययनले जोड दिएको छ । अमेरिकी वैज्ञानिकहरूको उक्त टोली आगामी दिनमा जलवायु परिवर्तनमा हुने विशेष प्रभावका बारेमा थप अध्ययनको तयारीमा छन् । जसले यस शोधलाई स्थापित गराउने बलियो आधार दिन सक्ने उनीहरूको अनुमान छ । यद्यपि, यसअघि अमेरिकाको नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित शोधमा अपि|mकामा जारी गृहयुद्धको सीधा सम्बन्ध जलवायु परिवर्तनसँग नरहेको उल्लेख थियो । उक्त शोधअनुसार त्यस्ता गृहयुद्धसँग जोडिएका शिशु मृत्युदर, अन्तर्राष्ट्रिय सीमाहरूसँग निकटता तथा उच्च जनघनत्त्वसँग भने जलवायु परिवर्तनको सम्बन्ध रहेको उल्लेख थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger