Widgets

Home » , » कुखुराको सम्पर्कमा रहनेहरू बढी जोखिममा

कुखुराको सम्पर्कमा रहनेहरू बढी जोखिममा

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bird flue

काठमाडौ, श्रावण २६ - पशु स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार, राजधानीका विभिन्न कुखुरा र्फमहरूमा साउन २५ गते शुक्रबार अबेर रातिसम्म ५९ पटक बर्ड फ्लुको संक्रमण देखिएको छ । एक्कासि केही साताभित्रै ज्यामितीय रूपमा संक्रमणमा वृद्घि देखिएपछि विशेषज्ञहरूले पक्षीको यो रुघाखोकी मानिसमा सर्न सक्ने जोखिम बढेको देखेका छन् । मानिसमा बर्ड फ्लु सरेका मुलुकहरूको विगतको अवस्थालाई केलाउँदा हाल हाम्रो राजधानीमा देखिएजस्तै गरी त्यहाँ पनि संक्रमणबाट जोगिन व्यवस्थित जैविक सुरक्षाका उपायहरू नअपनाइएको विज्ञहरूको दाबी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार, हालसम्म विश्वभरिमा ६ सय ३३ जना मान्छेमा बर्ड फ्लु संक्रमण देखिएको छ भने ३ सय ७७ जनाको मृत्यु भएको हो । मानिसमा बर्ड फ्लु संक्रमण पाइएका र यसले मृत्युका घटना भएका मुलुकहरू १५ वटा छन्: चीन, पाकिस्तान, बंगलादेश, म्यान्मार, थाइल्यान्ड, अजरबैजान, कम्बोडिया, जिबोटी, इजिप्ट, इन्डोनेसिया, इराक, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिक, नाइजेरिया, टर्की र भियतनाम । नेपालमा सबैभन्दा पहिले सन् २००९ मा झापामा बर्डफ्लु पाइएको हो । यसपछि नै बिस्तारै यो संक्रमण विभिन्न जिल्लामा पाउन थालिएको हो । भारतमा यो संक्रमण सन् २००६ मा पहिलोपटक पाइएको थियो । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्य पत्रअनुसार, बर्डफ्लुबाट बचाउको सर्वोत्तम उपाय भनेको सम्भव भएसम्म यो रोग फैलाउन सक्ने स्रोतको सम्पर्कमा नआउनु नै हो । मानिसमा बर्ड फ्लुको संक्रमण हुनुको मुख्य कारण संक्रमित वा मरेका कुखुरा एवं संक्रमित वस्तुसँगको अति निकट सम्पर्क हो । 'हाम्रो मुलुकमा पोल्ट्री फार्ममा काम गर्ने कामदार, कुखुराजन्य उत्पादन ओसारपसार गर्ने व्यक्ति, कुखुरा काट्ने व्यक्ति, पक्षीको उपचारमा संलग्न प्राविधिकहरू बर्ड पmलु सर्ने उच्च जोखिममा छन्,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं महामारी विशेषज्ञ डा. मानसकुमार बनर्जी भन्छन्, 'संक्रमण पाइए त्यो यस्तै व्यक्तिहरूमा बढी पाइन्छ ।' महामारी विशेषज्ञ बनर्जीको तर्कसँग पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक एवं पशु रोग विशेषज्ञ डा. विजयकान्त झा पनि सहमत देखिन्छन् । उसो त, विज्ञहरू बर्डफ्लु संक्रमण हाल विकराल स्थितिमा रहेको र कुखुराको मासु खानुपरे त्यो संक्रमित नरहेको ग्यारेन्टी भए मात्र खान सुझाउँछन् । 'उपभोक्तासँग एउटै उपाय छ, उहाँहरू हाल बर्ड फ्लु देखिएको स्थितिमा मासु उपयोग गर्दा सचेत हुनुपर्छ,' डा. बनर्जी भन्छन् । 'मानिसमा बर्डफ्लुको संक्रमण त्यतिखेरसम्म हुँदैन, जबसम्म ती व्यक्ति बर्ड फ्लु लागेको जीवित वा मृत पक्षी वा संक्रमित पक्षीजन्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउँदैनन्,' डा. झा भन्छन्, 'बर्ड फ्लु संक्रमित सुली, अन्डा, क्रेट वा भाइरसको प्रत्यक्ष सम्पर्कमा नआई यो रोगले छुँदैन ।' संक्रमित पक्षीको र्‍याल, सिँगान सुलीमा बर्डफ्लुको विषाणु रहने भएकाले त्यसलाई छुनै हुँदैन । संक्रमणको सम्भावना भएका वस्तु कथंकदाचित् छोइहाले तुरुन्त साबुन-पानीले हात धोइहाल्नुपर्छ । तर सबैभन्दा राम्रोचाहिँ अस्वस्थ कुखुराको सम्पर्कमै पर्नु हुँदैन । कुखुरा फार्ममा काम गर्नेहरू पन्जा र मास्क लगाएर मात्र त्यहाँ प्रवेश गर्नुपर्छ । काम सकेपछि साबुनपानीले राम्ररी हातखुट्टा धोएर मात्र अन्य काममा लाग्नुपर्छ । डा. झा भन्छन्, 'यति नगरे जुनै बेला पनि संक्रमणको खतरा रहिरहन्छ ।' मानिसमा बर्ड फ्लु संक्रमणको स्थितिलाई दृष्टिगत गरेर बर्ड फ्लु पाइएका क्षेत्रमा वा संक्रमित कुखुराजन्य पदार्थको प्रत्यक्ष सम्पर्कमा रहनेहरूलाई रुघाखोकी लागे बढी सचेत रहनुपर्ने आवश्यकता इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुर औंल्याउँछन् । भन्छन्, 'यस्तो क्षेत्रमा बस्ने वा संक्रमित कुखुराहरूको नजिक गइरहने व्यक्तिहरूमा रुघाखोकीको कडा लक्षण देखिए तिनले तुरुन्तै नजिकको स्वास्थ्य निकायमा गइहाल्नुपर्छ ।' सामान्य रूपले साबुनपानीले नियमित रूपमा हातखुट्टा धुने बानीले बर्डफ्लु लगायतका थुप्रै संक्रमक रोगबाट जोगाउने उल्लेख गर्दै ठाकुर रुघाखोकी लागेकाहरूले खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने गर्नुपर्ने सुझाव दिन्छन् । फ्लु लगायतका संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय हात धुनु नै रहेको अनुसन्धानले समेत देखाएको छ । फ्लुको कीटाणु केही कुरा सुँघ्दा वा सास फेर्दा त्यति फैलिँदैन जति हातका माध्यमले फैलिन्छ । फ्लु हातबाट अनुहारमा अनि आँखा, नाक, कान र मुखको माध्यमले हाम्रो शरीरमा हमला गर्छ । डा. बनर्जीका अनुसार, खानुअघि पोल्ट्री फार्मका उत्पादन र अन्डालाई राम्ररी पकाउनुपर्छ । कुखुरासहित अन्य पक्षीको मासु कम्तीमा ७४ डिग्री तापक्रममा पकाएको हुनुपर्छ । यस्तै, कुखुराजन्य पदार्थ र अन्डालाई छुनुअघि र पछि न्यूनतम २० सेकेन्डसम्म साबुनपानीले हात धुनुपर्छ । कुखुराजन्य उत्पादनबाट अन्य खाद्य पदार्थलाई जोगाउन कटिङ बोर्ड र अन्य भाँडालाई साबुन र तातो पानीले पखालपुखल पार्ने गर्नुपर्छ । अन्डालाई भने त्यसको पहेंलो भाग कडा नहुन्जेल पकाउनु वा उमाल्नुपर्छ । मानिसमा बर्डफ्लुको संक्रमण भए त्यसको असर आँखामा देखिन्छ । फ्लु अर्थात् सामान्य रुघाखोकीको लक्षण अर्थात् ज्वरो, खोकी, घाँटीमा खसखस, मांसपेशीमा पीडा, छातीमा संक्रमण हुन सक्छ । यस्तै धेरै गम्भीर किसिमको अर्थात् एच-५एन-१ विषाणुद्वारा फ्लु सरेमा गम्भीर रोगसहित मृत्युसम्म हुन सक्छ । डा. ठाकुरका अनुसार, बर्डफ्लु सास नलीमा फैलिन्छ । संक्रमित व्यक्तिलाई तीव्र खोकी र हाच्छिउँ आउन थाल्छ । विषाणलेु सास नलीको माथिल्लो तहको कोशिकालाई नष्ट गर्छ । रोगीलाई अचानक जाडो लाग्न थाल्छ, काम छुट्न थाल्छ । थकान, सास फेर्न असजिलो र शरीरको तापक्रम १०१ देखि १०४ डिग्री फरेन हाइटसम्म पुग्छ । टाउको दुखाइ र घाँटीमा जलनको अनुभवसमेत हुन्छ । यो भाइरस संक्रमण भएको स्थितिमा एक साताभित्र यस्ता लक्षणहरू देखिन थाल्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger