Widgets

Home » , » बेलायतमा लागूऔषध दुर्व्यवसनमा नेपाली तन्नेरी

बेलायतमा लागूऔषध दुर्व्यवसनमा नेपाली तन्नेरी

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

drug addiction

लन्डन, श्रावण २६ - २८ वर्षीय कुमार लिम्बु (नाम परिवर्तन) साथीभाइको संगतले कुलतमा फसेपछि लागूऔषधकै लागि दैनिक ४५ पाउन्ड चाहिने भयो । पैसा नदिए गाडी, घर जलाइदिने धम्की दिने । सुरुमा बाबुआमाले जेनतेन छोराको इच्छा पुर्‍याइदिए तर कहाँ सम्भव हुन्थ्यो र । छोराकै खर्चले घरको मोर्गेज -ऋण) समेत तिर्न धौधौ परेर उनका बाबु एकपटक बेहोसै भएर ढले, तर उनी सुध्रेनन् । अति भएपछि आफन्तले सरकारी पुनःस्थापना केन्द्र पुर्‍याइदिए । त्यहाँ पनि तलतल लाग्न छाडेन । अहिले सरकारले हेरोइनको साटो दिने म्याथाडोन सेवन गरिरहेका छन् । कम्तीमा परिवारले खर्च धान्नुपरेको छैन । बेलायतमै हुर्केकी २१ वर्षीया रश्मी थापा (नाम परिवर्तन) लागूऔषधमा फसेको ३ वर्ष भयो । नेपाल र हङकङबाट आएका लागूऔषधमा डुबेका युवासूग हिमचिम भएपछि उनमा पनि लत बस्यो । घर वा अन्यत्र केही सामान भेट्यो कि चोरेर 'ड्रग्स' किन्न गइहाल्ने भएपछि जेलसमेत परिन् उनी । छुटेपछि परिवारले घर छिर्नै दिएन, बेसहारा जस्तै भइन् । साथीभाइको सहयोगमा रसमोर काउन्सिलको 'सब्स्ट्यान्स मिस युज युनिट' पुगिन्, हाल उपचाररत छिन् । जिन्दगीप्रति बढ््दो वितृष्णा, बेरोजगारी र नेपाल हुँदा बुनेको सुन्दर सपना बीचैमा टुटेपछिको दिग्दारीले दुव्र्यसनी बन्ने नेपाली युवाको प्रतिनिधि हुन्, रश्मी र कुमार । अम्मली बढेपछि नेपाली समुदाय र अभिभावक चिन्तित छन् । उनीहरूको कुलत छुटाउन अभिभावक र समुदायको पहल निष्प्रभावी बन्दै गएको छ । '५ वर्षअघिको तुलनामा दुव्र्यसनी अहिले पनि उस्तै छन्,' सबैभन्दा बढी नेपाली बसोबास गर्ने रसमोर बरो काउन्सिलका कम्युनिटी सपोर्ट अफिसर नेम थापा भन्छन््, 'पुराना अम्मली हेरोइन जस्तो क्लास ए ड्रग्समै अडिग छन् भने नयाँ युवा क्लास बी ड्रग्स गाँजातर्फ आकर्षित छन् ।' उनका अनुसार रसमोर क्षेत्रमा मात्र करिब ३ सय नेपाली तन्नेरी निरन्तर दुव्र्यसनमा छन् । रसमोर बरो काउन्सिलबाट नेपाली युवाको दुव्र्यसन नियन्त्रणमा नियुक्ति पाएका अधिकृत हुन् थापा । ४ वर्षअघि बेलायत आएका पोखरा माटेपानीका रोशन गुरुङको नेपालमै बानी लागेको थियो । यहाँ आएर पनि लत नत्यागेपछि परिवारले नेपाल लग्यो नार्कोनन् केन्द्रमा । १ वर्ष नार्कोनन् बसी केही सुध्रेर फेरि आए, पुरानै दिनचर्यामा फर्केपछि परिवार आजित छ । नेपाली युवाले सुरुमा 'बी' वर्गको क्यानावीस तथा बिस्तारै 'ए' वर्गका कोकिन, क्रयाक कोकिन र हेरोइनजस्ता खतरनाक र महूगा लागूपदार्थसम्म सेवन गर्ने गरेको जानकारहरू बताउूछन् । १८ देखि २१ वर्षका युवायुवती बढी दुव्र्यसनमा थापा बताउूछन् । नेपालीको बसोबास रहेका फार्नबोरो, अल्डरसट, क्याम्बर्ली, आसफोर्ड केन्ट, रेडिङ, प्लमस्टिड, वनचेष्टर, स्विन्डन र लन्डनमा दुव्र्यसनी संख्या अधिक छ । लन्डन अल्पर्टनका बासिन्दा अञ्जान बगालेका अनुसार ७ वर्षयता बेलायत बस्दै आएका एक नेपाली युवाले नाइजेरियालीसूग बल्कमा गाँजा खरिद गरी नेपाली र श्रीलंकाली युवालाई सानो प्याकेट बनाएर १५ पाउन्डका दरले बिक्री गर्छन् । उनी भन्छन्, 'फोन गर्नासाथ घर वा पवसम्मै डेलिभरी हुँदो रहेछ ।' प्रायः नेपाली युवा कार पार्क, पव (रक्सी भट्टी) र नहर छेउछाउ लुकेर गाूजा तानिरहेको भेटिन्छन् । बेलायत सरकारले भूपू गोर्खा र तिनको परिवारका १८ वर्षमुनिका सबै सदस्यलाई आवासीय अधिकार प्रदान गर्नु, बीएनओहरूको आगमन तथा सन् २००९ मा 'टियर फोर' मा हजारौं विद्यार्थी ओइरिएपछि यहाँ नेपाली जनसंख्या एकाएक बढेको छ । त्यससूगै कुलतलगायत विकृति भित्रिएको धेरैको बुझाइ छ । बढ्ता स्वतन्त्रता, नयाू परिवेशमा एक्लोपन महसुस, अभिभावक रातदिन काममा खटिनु पर्दा छोराछोरीको रेखदेखमा समय दिन नभ्याउनु, बेरोजगारी, संगत र तनावयुक्त वातावरणले धेरै युवा कुलत फसेको चिकित्सक राघवप्रसाद धितालको बुझाइ छ । 'बेलैमा सचेत नहुने हो भने नेपाली समुदाय दुव्र्यसनीका रूपमा चिनिने दिन आउन सक्छ,' धितालले भने, 'अभिभावकले पनि आफ्ना सन्तानलाई समय छुट्याउनु पर्छ ।' ह्याम्पसायर ड्रग्स एन्ड अल्कोहल एक्सन युनिटको अध्ययनमा सन् २००८/९ मा बेलायती युवाभन्दा नेपाली युवा बढी अम्मली भेटिएका थिए । स्थानीयले बी क्लासको 'क्यानावीस' सेवन गर्ने तर १६/१७ वर्षका नेपाली युवाले ए क्लासको हेरोइन अत्यधिक सेवन गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 'त्यो अनुपात अहिले पनि कायम छ,' थापा भन्छन् । त्यतिखेर नेपाली युवा दुव्र्यसनका कारण तोडफोड, चोर्ने र सामाजिक सद्भाव बिगार्नेसम्मका क्रियाकलापमा संलग्न भएर प्रहरी 'केस'मा पर्न थालेका छन् । 'लागूऔषध डिलर बन्दा जेल सजायपछि स्वदेश फिर्ता (डिपोर्टेसन) का घटना पनि छन्,' थापा भन्छन् । लागूऔषध सेवनले पारिवारिक कलह र घरेलु हिंसाका घटना पनि बढ्दै गएको सिटिजन एड्भाइस ब्युरोमा कार्यरत पुष्पा गुरुङ बताउूछिन् । १९ वर्ष मुनिकालाई कुलत छुटाउन सघाउने संस्था 'क्याच २२' मा दर्ता हुने नेपाली युवा पनि अधिक छन् । दुव्र्यसन मुक्त गर्न सरकारले निःशुल्क उपचार व्यवस्था गरे पनि धेरै यो सेवा लिन हिच्किचाउूछन् । बरु, इज्जत जोगाउन अभिभावक आफ्ना सन्तान उपचारार्थ नेपाल पठाउूछन् । नार्कोनन् नेपालका बेलायत संयोजक पूर्वडीएसपी वाचस्पति रेग्मीका अनुसार हङकङ र नेपालबाट बसाइू आउनेहरू बढी दुव्र्यसन पीडित छन् । 'धेरै अम्मलीलाई नेपाल पठाइरहेका छौं,' रेग्मीले भने, 'यकिन तथ्यांक दिन नसकिए पनि समस्या कहालीलाग्दो छ ।' दुव्र्यसनविरुद्ध नेपाली युवाकै समूह 'नयाू युवा' पनि सक्रिय छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger