Widgets

Home » , » ४० लाखमा बिक्यो भैंसी लक्ष्मी नामक उक्त भैंसीले दैनिक २८ लिटर दूध दिन्छ

४० लाखमा बिक्यो भैंसी लक्ष्मी नामक उक्त भैंसीले दैनिक २८ लिटर दूध दिन्छ

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

buffallo

नयाँदिल्ली (बीबीसी), श्रावण २६ - उत्तरी भारतको हरियाणाका एक किसानले एउटै भैंसी बेचेर २५ लाख भारतीय रुपैयाँ -४० लाख रुपैयाँ) कमाएका छन् । कपुर सिंह नामक ती किसानले यतिधेरै मूल्यमा भैंसी बेचेर रेर्कड बनाएका छन् । उनले मुर्रा जातको भैंसीको नाम लक्ष्मी हो । मुर्रा जातको भैंसीले बढी दूध दिने भएकाले यसको माग पनि बढी नै हुने गर्छ । यी भैंसी बढी दूध दिने भएकाले प्रतिष्ठित छन् र किसान यसप्रति लोभिन्छन् । यति मात्रै होइन, उक्त भैंसी पाल्न पाउनुलाई किसानहरू गौरव ठान्छन् । यो जातको सामान्य भैंसी बिक्री गरेर पनि कार किन्न सकिन्छ । हिसार जिल्लामा बस्ने सिंहले दुई वर्षअघि उक्त भैंसीलाई ४ लाख रुपैयाँमा किनेका थिए । उनका अनुसार दैनिक २८ लिटर दूध दिने भैंसी दूध उत्पादनबाट धेरै सम्मान पनि पाएको छ । यसले गर्दा उनले आफूले किनेको भन्दा १० गुणा बढी मूल्यमा बेच्न सफल भएको सिंह बताउँछन् । अघिल्लो वर्ष ३ लाखभन्दा बढी रकम प्रस्ताव आउँदा पनि सिंहले उक्त भैंसी बेचेका थिएनन् । किन्न आउनेलाई भैंसी अत्यधिक मन परेको र उनले लक्ष्मीमाथि भिडियो नै बनाएर प्रदर्शन गराउने उद्देश्य राखेका थिए । 'मैले मानिनँ,' सिंहले भने, 'अहिलेको मूल्यबाट म निकै खुसी छु । यो पैसा छोरीको बिहेका लागि खर्चिन्छु ।' लक्ष्मीलाई किनेका राजीव सरपञ्चले 'बेस्ट क्याटल' प्रतियोगितामा सहभागी गराउने तयारी गरिसकेको हिन्दुस्तान टाइम्सलाई बताएका छन् । आगामी जनवरीमा हुने उक्त प्रतियोगिता जित्नेलाई एक किलो सुन उपहार छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger