Widgets

Home » » गुगल र माइक्रोसफ्ट आमनेसामने

गुगल र माइक्रोसफ्ट आमनेसामने

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

google

  समय सधैं एकनास कहाँ रहन्छ र ? चक्रजस्तै घुमिरहने समय एकनास रहँदो हो त माइक्रोसफ्टका मालिक बिल गेट्स सधैं संसारका सबैभन्दा धनी बनिरहने थिए । कम्प्युटरको अपरेटिङ सिस्टम (ओएस) को बजारमा एकछत्र कब्जा जमाइरहेको माइक्रोसफ्टले पछिल्लो समय सर्च इन्जिनमा आफूलाई नम्बर वन बनाइरहेको गुगलसँग तीव्र प्रतिस्पर्धा गर्नु परिरहेको छ । त्यो प्रतिस्पर्धामा माइक्रोसफ्ट गुगलसँग टिक्न नसकेर केही ठाउँमा थला परेको छ । केही ठाउँमा सकिनसकी घस्रँदैछ । गुगलको मुख्य प्रोडक्ट सर्च इन्जिन । माइक्रोसफ्टको चाहिँ अपरेटिङ सिस्टम । भिन्न क्षेत्रका कम्पनी आमनेसामने नहुनुपर्ने । पछिल्लो समय दुवै कम्पनीले बजारको खोजी गर्ने क्रममा उस्तै-उस्तै प्रोडक्ट बजारमा ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् । माइक्रोसफ्ट मुख्य आम्दानीको स्रोत विन्डोज बाहेक अन्य प्रोडक्ट विकासमा लागेको छ । उता गुगल पनि भच्र्युअल दुनियाँमा नयाँ प्रोडक्टहरू ल्याएर आफूलाई सबैको आँखामा पार्दैछ । उसले भर्खरै दुर्गममा इन्टरनेट पुर्‍याउन बेलुनको सहयोग लिने प्रविधि प्रोजेक्ट लुन सुरु गरेको छ । सामाजिक सञ्जालमा प्रतिस्पर्धा गर्न गुगल प्लसमा नयाँ सफ्टवेयर हालेको छ । शुल्क लिएर संगीत उपलब्ध गराउने सेवा सुरु गरेको छ । गुगल म्यापलाई परिस्कृत गरेर फेरि लन्च गरेको छ । हार्डवेयर उत्पादनमा हात हालेर स्मार्ट चस्मा गुगल ग्लास ल्याउँदैछ । गुगल सर्च, यु ट्युब, जिमेल, ब्लगर, प्ले, ड्राइभ, गुगल प्लस, लगायतका प्रोडक्ट पुरानै हुन् । माइक्रोसफ्टले पनि विन्डोज, स्काइप, एक्स बक्स, बिङ, अफिस, इन्टरनेट एक्स्पोररलगायतका प्रोडक्टका साथ आफूलाई बजारमा प्रतिस्पर्धीलाई पछाडि छाड्ने प्रयास गरिरहेको छ । यस्ता प्रोडक्टमा कहाँनेर दुईबीच प्रतिस्पर्धा भयो त ? गुगल स्थापनाको पहिलो दशकभर एकअर्काप्रति सहयोगी देखिएका गुगल र माइक्रोसफ्ट अहिले आएर प्रतिद्वन्द्वी बनेका छन् । दुवै कम्पनीको मुख्य प्रतिस्पर्धा सर्च इन्जिनमा छ । हरेक कुरा खोज्न अहिले गुगल गर्न थालिएको छ । त्यसको प्रतिस्पर्धा माइक्रोसफ्टको बिङले गर्दैछ । नामबाट क्रिया बनिसकेको गुगलको लोकपि्रयता माइक्रो;mफ्टका लागि टाउको दुखाइ बनेको छ । अमेरिकी कम्पनी गुगलको सर्चमा घरेलु बजार ७८ प्रतिशत रहेको बीबीसीको दाबी छ । यद्यपि बिङको दरो उपस्थितिले गुगलको एक समयको एकछत्र बजारमा राम्रो विकल्प उपस्थित भएको छ । बिङले केही नयाँ फिचर दिएर इन्टरनेट प्रयोगकर्तालाई आफूतिर आकषिर्त गरिरहेको छ । त्यसैले संसारमा सर्च इन्जिनको बजारको २० प्रतिशत हिस्सा लिएको बिङले विस्तारको सम्भावना देखाउँदै गएको छ । यसले होमपेज खोल्नासाथ पृष्ठभूमिमा रंगीन आकर्षक तस्बिरहरू उपलब्ध गराउन थालेको छ । यस्तै महत्त्वपूर्ण स्थानसँग सम्बन्धित लिंकसमेत देखाउँछ । त्यतिमात्र कहाँ हो र ? विग प्रयोगकर्ताको होमपेजको किनारामा उसका फेसबुक प|mेन्डहरूलाई देखाउँछ । उनीहरूले समेत खोजेको जानकारीलाई लाइक गर्न सक्छन् । माइक्रोसफ्टले सन् २००९ मा सुरु गरेको बिङका अरू फिचर गुगलसर्चका जस्तै छन् । यसले दुवै कम्पनीलाई प्रतिपर्धी बनाइदिएको छ । गुगल र माइक्रोसफ्टको प्रतिस्पर्धा इमेल सर्भिसमा समेत छ । माइक्रोसफ्टले भारतका सविर भाटियाले विकास गरेको हटमेल सन् १९९७ मा ४० करोड डलरमा किनेको थियो । त्यत्रो रकम तिरेको हटमेललाई प्रतिस्पर्धामा टिकाउन नसकेर माइक्रोसफ्टले अघिल्लो वर्ष बन्द गर्‍यो । उसले पछिल्लो समय आउटलुक डटकममा आफूलाई सिफ्ट गरेको छ । जिमेलले ग्राहकलाई निःशुल्क १५ जीबी स्पेस उपलब्ध गराइरहेको छ । आउटलुकले भने तपाईंलाई चाहिए जति स्पेस दिने दाबी गरेको छ । उसको दाबीमा तपाईंको इन्बक्स इमेलले भरिए स्वतः स्पेस थपिन्छ । दुवैले इमेल प्रयोगकर्तालाई तान्न नयाँ फिचरहरू थपिरहेका छन् । दुवै कम्पनीले क्लाउड कम्प्युटिङमा करोडौं डलर लगानी गरिरहेका छन् । गुगलले गुगल ड्राइभ र माइक्रोसफ्टले स्काई ड्राइभ नाममा प्रयोगकर्तालाई क्लाउड स्टोरेज उपलब्ध गराइरहेका छन् । स्काई ड्राइभले ७ जीबी स्टोरेज स्पेस सित्तैमा उपलब्ध गराउँछ । स्काई ड्राइभको सफ्टवेयर आफ्नो कम्प्युटर वा मोबाइलमा इन्स्टल गर्नुपरेपछि यसको लोगोयुक्त फोल्डरभित्र राखेको सामग्री आफैं स्काई ड्राइभमा स्टोर हुँदै जान्छ । गुगलले उपलब्ध गराउन थालेको ड्राइभलाई जिमेल आईडीमार्फत प्रयोग गर्न सकिन्छ । यसले १५ जीबी स्पेस उपलब्ध गराउँछ । त्यसलाई गुगल जिमेल, गुगल प्लसलगायतमा प्रयोग गर्न सकिन्छ । गुगलले माइक्रोसफ्टको अफिस सफ्टवेयरसग समेत प्रतिस्पर्धा गर्न थालेको छ । उसले वेबमा आधारित सफ्टवेयर गुगल डक्स इमेल प्रयोगकर्तालाई उपलब्ध गराएको छ । जिमेल प्रयोगकर्ताले आफ्नो डकुमेन्ट वेबमै तयार गरेर गुगल ड्राइभमा सेभ गर्ने, साथीहरूबीच सेयर गर्ने गर्न सक्छन् । सेयर गरेको डकुमेन्टलाई दुवै प्रयोगकर्ताले एकै समय एडिटसमेत गर्न सक्छन् । गुगल डक्समा वर्ड प्रोसेसर, स्प्रेडसिट एप्लिकेसन, स्लाइड शो पि्रजेन्टेसन मेक र्फम विल्डर एन्ड ड्रइङ टुल्सलगायत उपलब्ध गराउँछ । माइक्रोसफ्ट अफिसको जति फिचर नभए पनि गुगल डक्सले इन्टरनेटमा काम गरिरहनेहरूका लागि राम्रो विकल्प दिएको छ । माइक्रोसफ्टको अफिस लाइभ वर्कस्पेसले माइक्रोसफ्ट अफिसको अनलाइन भर्सन उपलब्ध गराउँछ । मोबाइलको अपरेटिङ सिस्टममा समेत दुवै कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् । गुगलको ओपन सोर्स ओएस एन्ड्रोइडसँग माइक्रोसफ्टले विन्डोजमार्फत प्रतिस्पर्धा गरिरहेको छ । कम्प्युटर ओएसमा माइक्रोसफ्टले एकछत्र बजार लिएजस्तै एन्ड्रोइडको बजार विस्तार हुँदै गएको छ । सित्तैमा आफ्नो अनुकूल हुने गरी प्रयोग गर्न सकिने भएकाले अधिकांश मोबाइल कम्पनीले आफ्नो मोबाइल हार्डवेयरमा यसलाई प्रयोग गर्छन् । यही ओएस प्रयोग गरेर सामसुङ विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । लामो समय नम्बर एक रहेको मोबाइल उत्पादक कम्पनी नोकियाले ओएसकै कारण प्रतिस्पर्धामा पछारिएपछि आफ्ना स्मार्टफोनमा माइक्रोसफ्टको विन्डोज मोबाइल भर्सन प्रयोग गर्न थालेको छ । विकिपिडियाका अनुसार सन् १०१३ को पहिलो क्वाटरमा एन्ड्रोइड प्रयोग भएका १५ करोड ६१ लाख ८६ हजार मोबाइल सेट बिक्री भएका छन् । यस्तै यस अवधिमा विन्डोज प्रयोग भएका ५९ लाख ८९ हजार सेट बिके । च्याट मेसेन्जर गुगल टक र माइक्रोसफ्टले भर्खरै किनेको स्काइपको प्रतिस्पर्धा त्यस्तै छ । दुवैले निःशुल्क भ्वाइस र भिडियोकलको सुविधा उपलब्ध गराउँछन् । दुवैले सस्तोमा मोबाइल र ल्यान्डलाइनमा फोन गर्ने सुविधासमेत दिएर इन्टरनेट प्रयोगकर्तालाई आफूतिर तानिरहेका छन् । इन्टरनेट ब्राउजरमा पनि दुवै कम्पनीबीच प्रतिस्पर्धा छ । कुनै समय ब्राउजरमा माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोररको आधिपत्य थियो । विस्तारै त्यो स्थान गुगलको क्रोम ब्राउजरले लिँदै गएको छ । गुगल क्रोम विलकुलै नयाँ ब्राउजरका रूपमा आएको छ । पछि आए पनि इन्टरनेट ब्राउजरको लोकपि्रयतामा गुगल क्रोमले इन्टरनेट एक्स्प्लोररलाई उछिनेको छ । गुगलक्रोमका प्रयोगकर्ता २९.०३ प्रतिशत छन् भने इन्टरनेट एक्स्प्लोररका २२.५४ प्रतिशत मात्र । तपाईंचाहिँ कसको प्रोडक्ट प्रयोग गर्नु हुन्छ ? गुगलको कि माइक्रोसफ्टको ? (एजेन्सीको सहयोगमा)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger