Widgets

Home » , » मध्यमाञ्चल च्याम्पियन

मध्यमाञ्चल च्याम्पियन

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

team

काठमाडौ, श्रावण २६ - मध्यमाञ्चलले प्रथम राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । पाँच विकास क्षेत्र सहभागी प्रतियोगितामा मध्यमाञ्चलले सर्वाधिक ११ स्वर्ण, २ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ मध्यपश्चिमाञ्चल दोस्रो भयो । तेस्रो स्थानमा रहेको पूर्वाञ्चलले १ स्वर्ण, ४ रजत र ५ कांस्य जित्यो । प्रतियोगिताको अन्तिम दिन फुलकन्ट्याक्टअन्तर्गत पुरुषको ६५ केजीमा मध्यमाञ्चलका दिवस श्रेष्ठले स्वर्ण जिते । फाइनलमा उनले पश्चिमाञ्चलका दीपेन्द्र श्रेष्ठलाई पराजित गरे । दिवसले लाइट कन्ट्याक्टको ६५ केजीमा पनि स्वर्ण हात पारे । त्यो स्पर्धाको फाइनलमा दिवसले पूर्वाञ्चलका सिद्धान्त सुवेदीलाई निराश पारे । दोहोरो स्वर्ण विजेता दिवस प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुँदै १० हजार रुपैयाँ पाए । फुलकन्ट्याक्टकै पुरुषको ५३ केजीमा मध्यमाञ्चलका रमेश गुरुङ पहिलो भए । उनले मध्यपश्चिमाञ्चलका प्रकाश विष्टको चुनौती पन्छाए । मध्यमाञ्चलका युवराज कार्कीले ६२ केजीमा पूर्वाञ्चलका देवराज श्रेष्ठलाई पाखा लगाउँदै स्वर्ण चुमे । खुला तौल समूहमा पूर्वाञ्चलका रुद्र लिम्बूले बाजी मारे । फाइनलमा उनले मध्यपश्चिमाञ्चलका कृष्णराज गिरीलाई पन्छाए । त्यसैगरी, ५६ केजीमा मध्यमाञ्चलका सूर्य हमालले मध्यपश्चिमाञ्चलका विलबहादुर तामाङलाई हराउँदै शीर्षस्थान हात पारे । ५९ केजीमा मध्यमाञ्चलका नरेन्द्र महर्जन च्याम्पियन बने । उनले फाइनलमा पूर्वाञ्चलका पूर्ण सुनुवारलाई हराए । लाइट कन्ट्याक्टतर्फ पुरुषको ५६ केजीमा सुदूरपश्चिमाञ्चलका विमल माझीले पश्चिमाञ्चलका उत्तम स्याङ्तान, ५३ केजीमा पश्चिमाञ्चलका अनिश ढुंगानाले सुदूरपश्चिमाञ्चलका लालबहादुर तामाङ तथा ५९ केजीमा मध्यमाञ्चलका विवेक लामाले मध्यपश्चिमाञ्चलका निमा कान्छा शेर्पालाई पराजित गर्दै पहिलो स्थान हात पारे । सेमि कन्ट्याक्टको पुरुष ६५ केजीमा मध्यपश्चिमाञ्चलका रामकृष्ण राउत तथा ५५ केजीमा पूर्वाञ्चलका सागर दर्जी पहिलो भए । फुलकन्ट्याक्टको महिला ५६ केजीमा मध्यपश्चिमाञ्चलकी मञ्जु सुनार पूर्वाञ्चलकी तान्या राणालाई पाखा लगाउँदै पहिलो भइन् । ५३ केजीमा मध्यमाञ्चलकी रिजन थापामगर पहिलो भइन् । रिजनले पूर्वाञ्चलकी रेश्मा राईलाई हराइन् । फुलकन्ट्याक्टको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०, ५ र २ हजार नगद पुरस्कार जिते । दुईदिने प्रतियोगितामा फुलकन्ट्याक्ट, सेमि कन्ट्याक्ट र लाइट कन्ट्याक्टमा ९५ पुरुष र २५ महिलासहित १ सय २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger