Widgets

Home » , » अपांग बालकलाई सहयोग

अपांग बालकलाई सहयोग

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

हेटौंडा, श्रावण २६ - मकवानपुरको ग्रामीण भेगको एक अपांग बालकलाई फेसबुक मार्फत पढ्नका लागि सहयोग जुटेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पालुङ गाविस २ खानीगाउँका १४ वर्षीय अपांग बालकको पढाइका लागि स्वदेश र विदेशमा बस्ने नेपालीबाट ७५ हजार रुपैयाँ सहयोग जुटेको हो । हातखुट्टा दुवै नचल्ने अमिर बमजनको सहयोगका निम्ति तस्बिरसहित दामन पालुङका युवा सुरज भुजेल, यादव रायमाझी र रामकुमार कार्कीले फेसबुकमार्फत अनुरोध गरेका थिए । उनीहरूको अनुरोध र आग्रहलाई स्वीकार गर्दै अपांग बालकलाई पढ्न विदेश बस्नेले पनि सहयोग गरेका हुन् । उनलाई काठमाडौं कलंकीकी रोजी श्रेष्ठले १५ हजार प्रदान गरेकी छन् । कोरिया, साउदी अरेबिया, अफगानिस्थान, दुबई, इराक र कतारमा बस्ने नेपालीले पनि उल्लेख्य रकम उपलब्ध गराए । डेढ महिनामा यतिका रकम फेसबुकमार्फत जुटेको हो । सुरजका अनुसार उक्त रकम शनिबार अपांग बालकलाई हस्तान्तरण गरिनेछ । स्थानीय विद्यालयमा ५ कक्षामा अध्ययन गर्ने बमजनका हातखुट्टा दुवै नचल्ने भएकाले हिंड्न सक्तैनन् । दिसापिसाब गर्न अरूको सहारा चाहिन्छ । पढ्न स्कुल जान नसक्दा गाउँकी एक शिक्षिकाले घरमै गएर पढाउँछिन् । हातखुट्टाले काम नगरे पनि पढ्न, लेख्न तेजिला छन् । 'एकपटक सिकाएपछि दोहोर्‍याउनु पर्दैन,' शिक्षिका अनिता जिम्बाले भनिन्, 'उनको दिमाग तेजिलो छ ।' दुवै हातखुट्टा नचल्ने भएकाले उनी मुखले कलम, डट्पेन र सिसाकलम च्यापेर लेख्ने गर्छन् । मुखले च्यापेर लेख्ने भए पनि उनका अक्षर हातले लेख्नेको भन्दा कम्ती छैन । सधैं खाटमा लम्पसार परेर बस्ने बमजन पढ्ने र लेख्ने बेला घोप्टो पर्ने गर्छन् । स्कुलले उनको परीक्षा पनि घरमा नै लिने गर्छ । मोबाइल र गेमसमेत चिउडोको सहायताले खेल्छन् । उनी कक्षामा सधैँ दोस्रो हुन्छन् । उनले धेरै पढेर असल मान्छे बन्ने सपना बुनेका छन् । उनले आफ्नो पीडा पोख्दै भने, 'पढेर असल मान्छे बन्ने रहर छ तर के गर्नु,' आफ्नो पीडा यसरी पोख्छन् । जन्मँदै अपांग जन्मेका यी बालकको उपचारका निम्ति बाबुआमाले जग्गा पनि बेचिसके तर निको भएको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger