Widgets

Home » , » दार्जीलिङमा नेपालीपछि स्थानीय टीभी प्रसारणमा प्रतिबन्ध

दार्जीलिङमा नेपालीपछि स्थानीय टीभी प्रसारणमा प्रतिबन्ध

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सूचनाको अधिकारबाट जनतालाई बञ्चित गरिएको आरोप २६ साउन, काठमाडौं । भारतको दार्जीलिङमा गोरर्खाल्याण्ड आन्दोलन चर्किँदै जान थालेपछि आफूलाई लोकतन्त्रवादी दाबी गर्ने ममता ब्यानर्जीको पश्चिम बंगाल सरकारले स्थानीय टेलिभिजन केबलमाथि प्रतिवन्ध लगाएको छ । दार्जिलिङका स्थानीय केबुलमा प्रतिबन्ध लगाइएपछि जनताले समाचार हेर्न नपाएको रसूचनाको अधिकार हनन भएको भन्दै त्यहाँका सञ्चारकर्मीहरु रुष्ट बनेका छन् । नेपाली भाषाको भारतीय पत्रिका हिमालयन दर्पणले ‘खबर पाउने अधिकारबाट जनता बञ्चित’ शीर्षकमा समाचार लेखेको छ । स्थानीय प्रशासनले राति केबुल प्रसारणमाथि जबर्जस्ती रोक लगाएको समाचारमा उल्लेख छ । हिमालयन दर्पणका अनुसार दार्जिलिङमा केबुल प्रसारणमा त्यसरी प्रतिवन्ध लगाइएको यो पहिलो घटना हो । समाचारमा जनाइएअनुसार नेपाली भाषाको बाहुल्य रहेको दार्जिलिङमा यसअघि नै भारत सरकारले नेपाली टेलिभिजन प्रसारणमा रोक लगाइसकेको छ । त्यसैगरी एकदशक अगाडि स्थानीय टेलिभिजनमा दिनहुँ एक/एकवटा चलचित्र देखाइँदै आएकोमा त्यसमाथि पनि प्रतिबन्ध लगाइएको थियो । नेपालीभाषाका साथै दार्जिलिङमा पाकिस्तानी टेलिभिजन च्यानमाथि पनि प्रतिबन्ध लगाएको गुनासो दार्जीलिङबासीले गर्दै आएका छन् । नेपालमा खल्लमखुल्ला, भारतमा प्रतिबन्ध भारतले नेपाली बाहुल्य रहेका क्षेत्रमा नेपाली भाषाको टेलिभिजनमाथि प्रतिबन्ध लगाए पनि नेपालमा भने सबैखाले भारतीय टेलिभिजनहरु निर्वाधरुपमा प्रसारण भइरहेका छन् । यसैवीच भारतले त्यहाँका केबुल कम्पनीहरुलाई निर्देशन दिँदै दार्जीलिङबाहेक अन्यत्रसमेत नेपाली टेलिभिजन प्रसारण रोक्न निर्देशन दिइसकेको छ । नेपाली भाषाका टेलिभिजनले भारतविरोधी भावना फैलाएको भारतीयहरुको आरोप छ । आन्दोलन जटिल बन्दै अलग गोर्खाल्याण्डको माग गर्दै शुरु भएको अनिश्चितकालीन दार्जीलिङ बन्द भएको एकसाता बितिसकेको छ । आन्ध्र प्रदेशबाट तलंगानालाई अलग राज्य बनाउने भारतीय तयारीसँग गोर्खाल्याण्ड आन्दोलन चर्किएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger