Widgets

Home » » ईपीएस पीडितद्धारा आन्दोलनको घोषणा

ईपीएस पीडितद्धारा आन्दोलनको घोषणा

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

काठमाडौ, श्रावण ५ - कोरियाली भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएका युवा युवतीहरुले कडा आन्दोलन गर्ने भएका छन् । रोजगार अनुमति प्रर्णाली (ईपीएस) अनुसार कोरियाली भाषा परीक्षा पास गरेर रोस्टरमा नाम चढाइएका ६ हजार ५ सय युवा युवतीको नाम रोष्टरबाट हटाएर नयाँ भाषा परीक्षाको तयारीमा सरकार जुटेपछि पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै ईपीएस पीडितहरुले आन्दोलनको कार्यक्रमबारे सार्वजनिक गरेका छन् । उनीहरुले बिभिन्न १० सूत्रीय माग अघि सारेर सरकारले कुटनीतिक पहलद्वारा कोरिया जान पाउने व्यवस्था गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे धर्ना, जुलुस, घेराउ र आमरण अनसन बस्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ईपीएसको नयाँ कोटामा पुरानाहरुलाई समायोजना गरेर मात्रै भाषा परीक्षाको फारम खोल्न समेत माग गर्दै पीडितहरुले साउन ७ गते मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाउने, ईपीएस पीडितहरु राजधानीमा जम्मा भएर केन्द्रिकृत आन्दोलन गर्नेदेखि आमरण अनसनसम्मको कार्यक्रमहरु घोषणा गरेका छन् । कार्यक्रममा ईपीएस प्रमुख डिल्लीराज बास्तोलाले कम्तिमा २ हजार भाषा परीक्षा उतिर्णलाई कुनै हालतमा कोरिया पठाउन नसकिने प्रतिक्रिया दिएको भन्दै पीडितहरुले आक्रोस समेत पोखेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger