Widgets

Home » » चार अर्ब वर्ष पहिले नै मंगलमा 'जीवन' !

चार अर्ब वर्ष पहिले नै मंगलमा 'जीवन' !

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चार अर्ब वर्ष पहिले नै मंगलमा 'जीवन' !
न्युयोर्क - मंगल ग्रहमा ४ अर्ब वर्ष पहिला नै जीवनको रहेको हुन सक्ने पछिल्लो अनुसन्धानले पत्ता लगाएको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको क्युरियोसिटी रोबर्टले पठाएका पछिल्ला तथ्यहरुको आधारमा यसको अनुमान गरिएको हो। क्युरियोसिटी मंगल ग्रहमा पुगेको करिब एक वर्ष भएको छ। यो बीचमा क्युरियोसिटीले जुन तथ्य पठाएको छ तिनीहरु हेर्दा यो रातो ग्रहमा ४ अर्ब वर्ष पहिले नै जीवनका लागि चाहिने पानी, वायुमण्डल थियो भन्ने अनुमान लगाउन सकिने अमेरिकाबाट निस्कने विज्ञान जर्नलले जनाएको छ। मंगल ग्रहको वायुमण्डलको विस्तृत अध्यानपछि ४ अर्ब वर्ष पहिला मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा फरक नभएको विज्ञान जर्नलमा प्रकाशित शोधपत्रमा भनिएको छ। यो नयाँ नतिजाबाट यहाँको सतहमा आद्रता रहेको र पानी पनि भएको भन्ने भनाईलाई बल पुगेको छ। तर अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि मंगल ग्रहमा कुन प्रकारको जीवन थियो वा थिदैँ थिएन। खुला विश्वविद्यालयका मोनिका ग्रेडीले पछिल्ला तथ्यहरुको आधारमा मंगल ग्रहमा वायुमण्डल र पानीको कति धेरै क्षति भएको छ, त्यो समयमा मंगलको वायुमण्डल कस्तो रहेको थियो र त्यो समय मंगलमा जीवन सम्भव रहेको थियो भन्ने अनुमान गर्न सकिने बताउँछिन्। समयसँगै मंगल ग्रहको चुम्वकीय क्षेत्र र वायुमण्डल नष्ट भयो र यो एक सुख्खा निर्जन ग्रहमा बलिएको सम्भावना पछिल्ला तथ्यहरुले देखाएको छ। क्युरियोसिटी रोबर्ट अघिल्लो वर्ष ६ अगष्टमा मंगल ग्रहमा पुगेको थियो। २६ नोभेम्बर २०११ मा यो यानले अन्तरिक्ष छोडेर करिब २४ हजार करोड माइलको दुरी तय गर्दै मंगल ग्रहमा पुगेको थियो। परमाणु इन्धनबाट चल्ने यो क्युरियोसिटी अभियानको लागत करिब २.५ अबर डलर रहेको छ। यसबाट प्राप्त भएका जानकारी मंगल ग्रहको इतिहास जान्नको लागि सबैभन्दा महत्वपूर्ण हुन सक्ने बताइएको छ। रोवर्ट अनुसन्धानका तीन चरण छन्। पहिलो मंगल ग्रहमा प्रवेश, दोस्रो सतहमामा जाने र तेस्रो जमिनमा उत्रने। यो रोबर्टको तौल ९ सय किलो छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger