Widgets

Home » » बलात्कारबारे उजूरी गर्ने महिलालाई जेल

बलात्कारबारे उजूरी गर्ने महिलालाई जेल

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सजाए सुनाइएकी महिला । तस्विर : बीसीसी

एजेन्सी (दुबई), श्रावण ५ - बलात्कार घटनाबारे प्रहरीमा उजूरी गर्ने नर्वेकी एक महिलालाई दुबईमा १६ महिना कैद फैसला सुनाइएको छ । नर्वेकी इन्टेरियर डिजाइनर मार्टे डेबोराह डलेल्भ घुम्नको लागि दुबई जाँदा बलात्कृत भएकी थिइन् । बलात्कार बारेको उजूरी गरेकी २४ बर्षीया उनलाई मादक पदार्थ सेवन गरेका, परपुरुषसाग सम्बन्ध राखेको र झुटो बोलेको आरोप लगाइएको छ । उनलाई अघिल्लो हप्ता अदालतले जेल सजाय सुनाइएको हो । बीसीले जनाएअनुसार उनी अदालतको निर्णयविरुद्ध अपिल गर्दैछिन् । उनको अपिलको सुनुवाई सेप्टेबरको लागि तय भएको छ । उनलाई उदृत गर्दै एफपीले लेखेको छ,'म निकै तनावमा छु । यो निकै क्रुर निर्णय हो । म यहाँबाट मुक्ति चाहन्छु ।' यो घटनाले नर्वेका अधिकारवादी र सरकारी अधिकारीलाई आक्रोशित बनाएको छ । डलेल्भका अनुसार उनी मार्च ६ तारिखका दिन उनी दुबईको एक नाईट क्लबमा साथीहरुसाँग जाँदा बलात्कृत भएकी हुन् । तर, प्रहरीलाई उजूरी गर्दा आफ्नो पासपोर्ट र पैसा खोसेर उल्टी आफूविरुद्ध मुद्दा चलाइएको भनाई महिलाको छ । उनी हाल दुबईस्थित नर्वेजियन सिमास सेन्टरमा शरण लिइरहेकी छन् । उनले समस्याको समाधानको लागि घटना सार्वजनिक गरेको जनाएकी छन् । अदालतले फैसला गरेपछि उनी प्रहरीको खोजीको सूचीमा परेकी छन् । नर्वेको बिदेश मन्त्रालयले घटनालाई आफ्नो देशको न्यायको मुखमा झिँगा भनी टिप्पणी गरेको छ । नर्वेले दुबईका अधिकारसाग सम्पर्क गरी घटनाबारे जानकारी लिने कोशिश भइरहेको जनाएको छ । घटनाको बिभिन्न मानवअधिकारवादी संस्थाले विरोध जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger