Widgets

Home » » पाल्पामा कान्तिपुर र दी काठमाडौ पोष्ट जलाइयो युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेयको नेतृत्व

पाल्पामा कान्तिपुर र दी काठमाडौ पोष्ट जलाइयो युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेयको नेतृत्व

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

palapa

पाल्पा, श्रावण ५ - कान्तिपुरमा शुक्रबार प्रकाशित समाचारको विषयलाई लिएर भरतपुरबाट तानसेन ल्याईंदै गरेको कान्तिपुर र दी काठमाडौं पोष्ट तानसेनदेखि ८ किलोमिटर टाढा बाँसटारीमा जलाएका छन् । वुटवलबाट तानसेन आउँदै गरेको लु १ ख ४४०३ नम्बरको बसबाट पत्रिका ओराले युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेयको नेतृत्वमा आएका मदनपोखरा दमकडा र माडीफाँट क्षेत्रका युवाहरुले पत्रिका जलाएका हुन् । जलाएकै बेला प्रहरी पुगेर निभाउने प्रयास गरेको र १०/१२ जना युवालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताए । तानसेनमा श्रेष्ठ न्यूज, न्यू हिमाली र बीबी डिष्टिव्यूटर्समा पत्रिका आउँछ । यसअघि शुक्रबार साँझ स्थानीय बासिन्दाले चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको गाँउ पोखराथोक र मदनपोखराको दमकडामा कान्तिपुर जलाएका हुन् । पोखराथोकको गाविस भवन नजिकै भेला भएका स्थानीयले विकास विरोधी समाचार लेखेको भन्दै पत्रिका जलाएका हुन् । स्थानीय बासिन्दाले पत्रिकाले विकासको विरोधमा लेखेको जनाउँदै कोणसभासमेत गरेका थिए । दमकडामासमेत स्थानीय बासिन्दाले पत्रिका जलाएका थिए । युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेयले माडी चक्रपथको विकासले सबैलाई फाइदा पुग्ने बताएका थिए । पत्रिका जलाएको विषयलाई लिएर जिल्ला पत्रकार महासंघले भने कुनै प्रतिक्रिया जनाएको छैन । यसैबीच पूर्वसांसद सोमप्रसाद पाण्डेयले विज्ञप्ति निकालेर पाल्पाको वस्ती विकास र कृषि उत्पादन वृद्धिका लागि माडीफाँट समग्र विकास योजना पहिला देखिकै माग भएको जनाएका छन् । स्थानीय जनताको मागवमोजिम सरकारले २०५२ सालको बजेट तथा कार्यक्रममा पहिलो पटक माडीफाँट रिङ्गरोड (माडीफाँट चक्रपथ) को नामबाट योजना समावेश गरेकोसमेत उनले बताए । सोही योजनाकै निरन्तरताकै रुपमा आर्थिक वर्ष २०७०।०७१ को बजेट वक्तव्यमा यो योजना समावेश भएको बताउँदै उनले पाल्पालीहरुको निरन्तर पहलकदमीबाटै ल्याइएका विकास सम्बन्धि यस योजनालाई नयाँ योजनाको रुपमा नबुझिदिन र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग मात्र नजोड्न अनुरोध गरेका छन् । कान्तिपुर पब्लिकेसन शाखाले पत्रिका जलाइएको भन्दै भर्त्सना गरेको छ । शाखाका अध्यक्ष अतुल मिश्रले कान्तिपुर दैनिक र दी काठमाडौं पोष्ट जलाइएकोमा आपत्ति भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger