Widgets

Home » » "सुटिङका बेला रोटी मन पर्छ"

"सुटिङका बेला रोटी मन पर्छ"

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पछिल्लो समय लेखनतिर समेत हात बढाइरहेकी अभिनेत्री गरिमा पन्त भान्सामा पनि उत्तिकै सौखिन छिन् । भाउजू भान्सामा छिरेपछि उनी पछिपछि लाग्छिन् रे, सघाउन । तनहुँ घर भई हाल सामाखुसीमा बस्दै आएकी उनले भान्सामा आमा र भाउजूलाई पछ्याउँदा पछ्याउँदै सामान्य नेपाली परिकार बनाउन सिकेको बताइन् । 'दाल, भात र तरकारी मज्जाले पकाउँछु,' हालैको कुराकानीमा उनी हाँसिन्, 'मीठो होला, नहोला त्योचाहिँ खाने मान्छेमा भर पर्छ है ।' 'निखिल दाइ' बाट नेपाली रजतपटमा छिरेकी उनले खाना पकाउनभन्दा चाख्न सिपालु रहेको खुलाइन् । प्याज, टमाटर, खोर्सानी र लसुन केलाउनेदेखि तरकारी काट्ने स-साना काममा सघाउँदा पनि भान्सासम्बन्धी निकै ज्ञान हासिल हुने उनको अनुभव छ । 'मेरो विचारमा जमाना नयाँ छ, युवतीहरू अब हरेक कुरामा पर्फ]{ट हुनुपर्छ,' उनले भनिन्, 'घरयासीदेखि बाहिरका कामसम्ममा ।' भान्सामा पस्न भने उनलाई मुडले काम गर्नुपर्छ । किनभने खाना बनाउने उनको दैनिकी होइन । 'तर, मुड चल्यो भने सबै आफैं पकाउँछु,' उनले भनिन्, 'भान्सामा जो भए पनि तरकारी चाख्नचाहिँ मलाई नै बोलाउँछन् ।' भाउजूले बनाएको टिमुर र टमाटरको अचार उनलाई निकै मन पर्छ रे । चिकेन ग्रेभी उनी साह्रै नै मीठो पकाउँछिन् रे । 'यो मेरो मन पर्ने परिकार हो,' उनले भनिन् । 'अर्जुनदेव', 'प्रीतिको फूल,' 'दानवीर', 'सम्झना' लगायत एकदर्जन बढी फिल्ममा अभिनय गरिसकेकी गरिमाको नयाँ फिल्म 'पढाइ' प्रदर्शन क्रममा छ । 'परदेश' फिल्मका लागि यही महिना युरोप जाने तयारी गरिरहेकी उनको 'झोला' फिल्म अहिले डबिङमा छ । सुटिङका बेला उनी प्रायः रोटी खाने गर्छिन् । भात र स्पाइसी खानाले काममा अल्छीपन आउने हुँदा प्रायः रोटी नै खान उपयुक्त ठान्छिन् उनी । 'खानपानले नियमित काममा धेरै नै असर गर्छ,' उनले भनिन्,'त्यही भएर कामका बेला हल्का खानेकुरा खान्छु ।' अमिलो, पीरो, तैलीय खाना सकेसम्म कम खाने उनले चटपटेको लतचाहिँ छुटाउन नसकेको बताइन् । 'देखेपछि जिब्रो नै रसाएर आउँछ,' उनले भनिन् । दिनमा तीन लिटर पानी अनिवार्य खान भने उनी छुटाउँदिनन् । साथीभाइसितको सम्बन्ध व्यवस्थित गर्न र सोसियल हुन उनी कहिलेकाहीं इच्छा नहुँदा नहुँदै पनि वाइन र हि्वस्की चाख्छिन् । 'रक्सीको टेस्ट त पटक्कै मन पर्दैन,' उनले भनिन्, 'तर, पनि साथीभाइको मन राख्न खाएजस्तै गरिदिन्छु ।' चार वर्षअघि भतिजाको जन्मदिनमा घरमा वाइन खाएर निकै वान्ता गरेको सम्भिmन् उनले । त्यसबेलादेखि उनलाई वाइन र रक्सीप्रति खासै चासो लाग्ोको छैन रे । 'सेलिब्रेटी भएपछि मन नपरे पनि रिलेसन मेन्टेन गर्न खाएजस्तै गर्नुपर्दो रहेछ,' उनले भनिन्, 'तर, आफूलाई असर हुने तरिकाले चाहिँ कुनै पनि खानेकुरा खादिनँ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger