Widgets

Home » » माधुरीको कमब्याक (फोटो फिचरसहित)

माधुरीको कमब्याक (फोटो फिचरसहित)

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Madhuri

सन् अस्सी र नब्बेको दशकका बलिउड सिनेमामा माधुरी दीक्षित पहिलो रोजाइकी अभिनेत्री थिइन् । नृत्य र अभिनय दुवैमा पारंगत यी सुन्दरीको वाहवाही सीमापारिका देशमा समेत उत्तिकै थियो । बलिउड सिनेमाको दबदबा रहेको त्यस बेला नेपाली दर्शक मात्र अछुतो रहने कुरै थिएन । दशक बढी बित्यो । यो अन्तरालमा कैयौँ नयाँ अनुहार आए, गए ।
तर यी पाकी सुन्दरीप्रतिको दर्शक क्रेज अहिले पनि उस्तै देखियो । हालै मकाउमा आयोजित प्रतिष्ठित इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) की यिनी मुख्य आकर्षणमध्ये थिइन् । पटक-पटक पढिएको र सुनिएको थियो, 'माधुरी सहभागी माहोलमा सुन्दरताको बहस नहोस्, यो सम्भव छैन ।' आइफाले प्रत्यक्ष अनुभूत गर्ने अवसर दिलायो ।
पछिल्लो समय टेलिभिजन पर्दामै रमाइरहेकी माधुरी लामो अन्तरालपछि चलचित्र 'गुलाब ग्याङ' मार्फत कमब्याक गर्दैछिन् । यसैसम्बन्धी जानकारी गराउन आइफामा एक समारोह आयोजित थियो । पत्रकारहरूले यो अवसर यिनको सुन्दरताको रहस्य छेड्नसमेत उपयोग गरे ।
'मलाई लाग्छ, महिलाको सुन्दरता अन्तरमनबाट निस्कन्छ, आफैंले आफूलाई कसरी प्रस्तुत गरिन्छ, त्यो धेरै महत्त्वपूर्ण हो,' एक महिला पत्रकारले उनको सुन्दरताबारे राखेको जिज्ञासामा ४६ वर्षीया माधुरीले कूटनीतिक शैलीको जवाफ फर्काइन् । 'म धेरैपटक बिनामेकअप बाहिर निस्केकी छु,' अनुहार उजिल्याउँदै माधुरीले थपिन्, 'स्वस्थ आहार, पर्याप्त निद्रा र सकारात्मक सोचाइले सुन्दर देखाउँछ ।'
बीचैमा एकले यिनको सफलताबारे प्रश्न छेडे । धेरैलाई लाग्यो होला यति विघ्न नाम कमाएकी प्रसिद्ध अभिनेत्रीले पक्कै केही गतिलो सूत्र सुझाउने छिन् । सबैका कान ठाडिए । 'सफलताका लागि कुनै विशेष मन्त्र हुनेमा मलाई विश्वास लाग्दैन, मिहिनेत, राम्रो काम र सकारात्मक धारणाले नै मानिसलाई लक्ष्यमा पुर्‍याउँछ ।'
सम्भवतः यिनको जवाफ सटिक थियो । कसैले दोहोर्‍याएर सोध्ने हिम्मत गरेनन् । सन् १९८४ मा फिल्म 'अबोध' मार्फत बलिउडमा प्रवेश गरेकी माधुरीलाई १९८८ मा निर्मित 'तेजाब' को सफलताले स्थापित नै गरिदियो । त्यसपछि लगालग 'राम लखन', 'बेटा', 'दिल', 'साजन', 'हम आपके हे कौन', 'खलनायक', 'दिल तो पागल है' लगायतका हिट फिल्मले बलिउडमा यिनलाई माथिल्लो श्रेणीका अभिनेत्रीको सूचीमा उभ्याइदिएको छ ।
सन् २००७ मा प्रदर्शित 'आजा नचले' पछि 'गुलाब ग्याङ' यिनको मुख्य भूमिका रहेको पहिलो चलचित्र हो । यसबीच यिनले केही अन्यमा विशेष प्रस्तुति भने दिएकी छन् । एक्सन फिल्मकी सौखिन बताउने माधुरीले गुलाब ग्याङमा उस्तै भूमिका गर्न पाएकोमा समेत खुसी पोखिन् । के फिल्ममा देखाइएजस्तै वास्तविक जीवनमा पनि महिला पुरुष जत्तिकै सशक्त हुन सक्छन् ? एक पत्रकारले प्रश्न तेस्र्याए ।
'चलचित्रमा देखाइने भनेको आइडियोलोजी वा भनौं सही र गलतबीचको लडाइँ हो न कि शक्तिको,' माधुरीले घुमाउरो शैलीमा मुस्कुराउँदै जवाफ फर्काइन्, 'असत्यविरुद्ध सत्यको जित हुने संकेत हो ।' नारी कथामा केन्दि्रत 'गुलाब ग्याङ' नव निर्देशक सौमिक सेनले निर्देशन गरेका हुन् ।
त्यसमा माधुरीले पहिलोपटक आफ्नी आमा स्नेहलतासँगै स्वर दिएकी छन् । के गायनलाई भविष्यमा पनि निरन्तरता हुन्छ ? 'यो सबैको प्रतिक्रियामा भर पर्छ,' कुशल नृत्यांगना उनले भनिन्, 'तर चलचित्रका लागि गाउनु मेरो जीवनकै फरक अनुभव रह्यो ।' पेसाले चिकित्सक पति श्रीराम माधव नेनेसँग विवाह गरेकी यिनका दुई छोरा छन् ।
'हाम्रोजस्तो समाजमा महिला हुनुका नाताले मात्र केही न केही समस्याहरूब्ााट गुजि्रनै पर्छ, जुन सुरुवाती दिनमा मैले पनि भोगेकी छु,' सन् २००८ मा सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित यिनले हालै अन्तर्वार्तामा भनेकी छन्, 'यस क्षेत्रमा लाग्नु ठीक छैन भनेर मलाई हतोत्साहित नगरिएको होइन । तर ममा गर्न सक्छु भन्ने आत्मविश्वासकै कारण यहाँसम्म आइपुगेकी हुँ ।' चलचित्रमा पुनरागमन गर्नुका कारणबारे सोधिएको प्रश्नमा यिनले भनिन्, 'मिडियाले बिर्से वा मेरोबारे लेखिन छाडे भनेर फिर्ता आएकी होइन, यी मेरा लागि दोस्रो महत्त्वमा पर्छ, वास्तवमा मभित्रको कलाले पुनः मलाई यसतर्फ तानेको हो ।' अबको सय वर्षमा भारतीय चलचित्र कहाँ पुग्ला ?
हतारमा रहेकी यिनलाई मकाउ आइफामा एकले सोधे, 'त्यतिन्जेल म नै यो पृथ्वीमा रहने छैन, खोइ कसरी अनुमान गरौं,' ठट्टाको शैलीमा माधुरीले भनिन् ।
माधुरीको कमब्याक
माधुरीको कमब्याक
माधुरीको कमब्याक
माधुरीको कमब्याक
माधुरीको कमब्याक
माधुरीको कमब्याक
माधुरीको कमब्याक

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger