Widgets

Home » » बिकिनी ह्याङ

बिकिनी ह्याङ

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bollywood

टेलिभिजनमा कमेडी सिरियल खेल्ने पाकिस्तानी बिना मल्लिकलाई सायदै लाग्थ्यो होला कुनै समय उनलाई आधा वर्षमै पाँच बलिउड फिल्ममा भ्याइनभ्याई हुन्छ भनेर । तेलुगु, कन्नड र उर्दू फिल्म त छँदैछ । सन् २००० को डेब्यु उर्दू फिल्म 'तेरे प्यार में' ले नै उनलाई हिट बनायो । 'बिग बोस ४' को हाउसमा इन्ट्री मार्दै भारत छिरेकी बिनालाई त्यहाँका स्क्यान्डलले बलिउडको बाटो सजिलो पार्‍यो । स्किन एक्सपोजमा लिबरल बिना उनी जस्तै समकालीन शर्लिन चोपडा, पुनम पाण्डे वा सनी लियोन जस्ता पात्रका कारण पनि प्रतिस्पर्धामा झन् हौसिएर कपडा फुकाल्न कस्सिइरहेकी छन् । यतिबेला उनले आफ्नो नयाँ फिल्मको फरकपना पनि फरक ढंगले पस्किइन् । 'सुपरमोडल' गरिरहेकी बिनाले भनिन्, 'यो फिल्ममा मैले यति बिकिनी लगाएँ कि यसभन्दा अघि मैले लगाएका जोड्दा पनि कम हुन्छ ।' उनले संख्या त खुलाउन सकिनन् तर पनि यति धेरै लगाइन् रे कि अब त टु-पिस पहिरन हेर्न पनि वाक्क लाग्न थालेछ । फिल्मको कन्टेन्ट र मेकिङका बारेमा भने केही नबताएकी २९ वर्षीया नायिकाले आफ्नो बिकिनीका बारेमा गर्व गर्दै भनिन्, 'सायद बलिउडमा यही एउटा फिल्म होला जसमा यतिका धेरै बिकिनी पहिरिएको छ । र, मलाई देख्ने पनि अब यही अन्तिम हुनेछ । किनकि आइन्दा बिकिनी नलगाउने निर्णय पनि गरेकी छु ।' नवीन बत्रा निर्देशित उक्त फिल्मलाई चलाउने काइदा पनि हुनसक्छ, बिनाको यस्तो अभिव्यक्ति । फिजीमा सुटिङ गरिएको फिल्ममा बिनाले पूर्वप्रेमी अस्मित पटेलसँग स्त्रिmन सेयर गरेकी छन् । तर फिल्मको अडियो लन्चका दौरान आफूले पटेललाई नचिन्ने भनेर फन्डा मच्चाउँछिन् भने कहिले पुनम पाण्डेको 'नशा' फिल्मले आफू लिड रहेको 'सुपरमोडल' को पोस्टर कपी गरेको आरोप लगाउँछिन् । अब यतिबेला उनको बिकिनी ह्याङको अस्त्रले फिल्मलाई कत्तिको फाइदा पुर्‍याउने हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger