Widgets

Home » , » प्रमुख जिल्ला अधिकारी बाट 'एसएमजी’ राख्नेलाई धरौटीमा उन्मुक्ति

प्रमुख जिल्ला अधिकारी बाट 'एसएमजी’ राख्नेलाई धरौटीमा उन्मुक्ति

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

वीरगन्ज, श्रावण २६ - साढे २ वर्षदेखि फरार हातहतियार तथा खरखजानाका ३ अभियुक्त धरौटीमा रिहा भएका छन् । घरमा अत्याधुनिक हातहतियार बरामद भएपछि भारत बिहारको रक्सौलमा बस्दै आएका अभियुक्तलाई पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले १ लाख धरौटीमा रिहा गर्ने फैसला गरेका छन् । ०६८ मंसिर १ गते विशेष सुराकीका आधारमा प्रहरीले वीरगन्जको सिर्सियाखल्बाटोलका जयमंगल कुर्मीको घरमा छापामारी २ थान एसएमजी र ४ थान म्यागेजिन, लोडेड नलकटुवा पेस्तोल र ४ राउन्ड गोली तथा १ थान एयर गन बरामद गरेको थियो । हतियारसहित पक्राउ परेका कामदार शिवप्रसाद सहनीलाई ३ वर्ष कैद सजाय भएको छ । घरधनी, उनका छोरा धनञ्जय कुर्मी र सहयोगी दीपक मिश्रालाई साउन ३ गते जनही १/१ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको हो । हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा २० को २ बमोजिम आफूसाथ राख्ने वा राख्न लगाउने कसुर गर्नेलाई ३ देखि ५ वर्ष कैद वा ६० हजारदेखि १ लाख रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । ४ जना अभियुक्तलाई समान सजायको मागदाबीसहित सरकारी वकिल कार्यालयले ०६८ मंसिर २७ मा अभियोगपत्र दर्ता गरेकोमा एक जनालाई ३ वर्ष कैद र फरार रहेका ३ जनालाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला भएको हो । गाउँमा ५/७ जनाको समूहले आपराधिक योजना बनाइरहेको सूचना पाउनासाथ तत्कालीन प्रहरी नायब उपरीक्षकद्वय द्विवेश लोहनी र रवीन्द्र केसीको टोलीले छापा मारेको थियो । ठूलो संख्यामा प्रहरी देखेर अन्य फरार भए पनि भोजका लागि मासु पकाउँदै गरेका सहनी पक्राउ परेका थिए । प्रजिअ बजिमयले सुनुवाइको दिन साक्षीले बयान परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् । प्रहरीले प्रस्तुत गरेको वस्तुस्थिति मुचुल्कामा बयान दिएका व्यक्तिले सुनुवाइको दिन प्रतिवादीको पक्षमा बयान दिएको उनले बताए । 'हातहतियार तथा खरखजाना मुद्दाको अनुसन्धान अवधिमा फरार रहेका अभियुक्तले प्रहरीमा उपस्थित भई मर्का परेर वा अन्य कारणवशले हतियार बोक्न बाध्य बनेको बयान दिएको अवस्थामा न्यायकर्ताले कैद नगरी नगद जरिवानामात्र गर्न सक्छन्,' एक कानुनविद्ले भने, 'तर फरार रहेकै अवस्थामा धरौटीमा छाड्नु आदेश रीतपूर्वक देखिँदैन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger