भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, गोरखा । १० वर्षे द्वन्द्वका बेला बेपत्ता भएकाहरु घर फर्केको घटना विरलै छ । तर १५ वर्षअघि बेपत्ता भएका गोरखा नगरपालिका १ दरबारमार्गका प्रहरीजवान शैलेन्द्र अर्याल भने घर फर्केका छन् ।
शैलेन्द्र २०५६ सालदेखि बेपत्ता भएका थिए । उनी फर्किएपछि परिवारजन खुसी भएका छन् । ‘दुई घन्टासम्म त घरमा खुसीले रुवावासी चल्यो ‘, बुधबार छोरो फर्किएपछि आमा सावित्रीले भनिन्, ‘शैलेन्द्र र रुपेश (दाजुभाई) अँगालो हालेर छुट्टदिैं छुट्टएिनन । म त मुटुकी रोगी । मुटु फुलेर घाँटीसम्म आयो । खुसीमा पनि यति धेरै आँसु आउँदो रहेछ ।’ छोरी जीवितै फर्केपछि द्वन्द्वका बेला सरकार र माओवादीको डरले भागेका कतिपय अझै जीवितै रहेको हुनसक्ने र कुनै दिन घर र्फकने सावित्री बताउँछिन् । ‘फेला पारेमा कि माओवादी कि सरकारले दुःख देलान भन्ने डरले अहिले पनि कतिपय नेपाली विभिन्न देशमा बसेका हुन सक्छन्,’ उनले भनिन, ‘सरकारले सुरक्षाको ग्यारेन्टी गर्यो भने उनीहरु देश र्फकन सक्छन् ।’ शैलेन्दैलाई फेरि सरकार र माओवादीले दुःख दिने हुन् कि भन्ने डर लागिरहेको सावित्री बताउँछिन् ।
शैलेन्द्रले आफू ज्यान जोगाउन भागेर भारतको गुजरात पुगेको बताएको अन्नपूर्ण पोस्ट र नयाँ पत्रिकामा खबर छ । उनले परिवारमा खबर गरेमा दुःख दिने चिन्ताले आफू यतिबेलासम्म बेखबर रहेको पनि बताए ।
‘द्वन्द्वकालमा माओवादीले पर्वतको हुवास इलाका प्रहरी कार्यालयमा बम विस्फोट गर्दा ५२ जना प्रहरी मारिएपछि आफू डराएर भागेको शैलेन्द्र बताउँछन् । ‘हुवास इप्रकामा बम हानेर उडाएको, ५२ जना प्रहरीको घाँटी रेटेर नियम निर्मम हत्या गरेको देखेपछि डरले जागिरै छाडेर भागें,’ उनले भने ‘भागे पनि प्रहरीले भेटे कारबाही गर्ने, माओवादीले भेटे मार्ने त्रासले गुजरात गएर फलाम कारखानामा काम गरी बसें ।’ जिल्ला प्रहरी कार्यालय पर्वतबाट बाच्छा चौकीमा सरुवा भएपछि खटाइएको ठाउँमा नगई बीचबाटै भागेको उनले बताए । २०५४ सालमा सेवा प्रवेश गरेका शैलेन्द्र २०५६ साल चैतमा भागेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.