भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, रुकुम । राप्ती राजमार्गको सल्यान श्रीनगरदेखि रुकुम सदरमुकामसम्मको दूरी ८६ किलोमिटर छ । हिँडेर जाँदा डेढ दिनमै पुगिन्छ, गाडीबाट जाने हो भने अढाई दिन भन्दा बढी लाग्ने गर्छ । सडक हिलाम्मे र ठाउँ ठाउँमा पहिरो खसेपछि कष्टपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु । सडकमा दैनिकजसो पहिरो खस्ने र हिलाम्मे हुने भएकाले पैदलै यात्रा गर्ने बढेका छन् । दुर्घटनाको जोखिमसमेत बढ्न थालेपछि अधिकांश यात्रु पैदलै आउजाउ गर्छन ।
८६ किलोमिटर पार गर्न अढाई दिन लाग्ने सिस्ने हिमाल बस व्यवसायी समिति अध्यक्ष महेन्द्र बुढाले बताए । ‘सडकको अवस्था ज्यादै नाजुक छ,’ उनले भने, ‘दुई दिनभन्दा बढी लाग्छ । खलंगा ५ का धनेन्द्र केसीले श्रीनगरबाट मुसीकोट आउन दुई दिन लागेको बताएको खबर कान्तिपुर दैनिकमा खबर छ ।
‘करिब ५० ठाएँमा गाडी धकेलियो होला,’ उनले भने, ‘पानी पर्यो भने त बसले सामान्य लोड पनि तान्न सक्दैन ।’ खलंगाका कुमार केसीले सडकको अवस्थाका कारण दुर्घटनाको त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता भएको बताए । यातायात व्यवसायीहरु पनि सडकका कारण गाडीको टायर पड्किने, पट्टा भाँचिने, ब्रेकले काम नगर्नेलगायत समस्या हुने गरेको बताउँछन् । ठाउँ ठाउँमा बसलाई डोरी लगाएर तान्नुपर्ने, बसलाई धकेल्दै यात्रा गर्नुपर्ने भएकाले धेरै सास्ती हुने गरेको यात्रुहरुको भनाई छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.