Widgets

Home » , » नेपालीको रेकर्ड बन्ला पो जस्तो छ है : पवन चाम्लिङ नेपाली भाषा : 'भारतमा जातीयता, नेपालमा राष्ट्रियता'

नेपालीको रेकर्ड बन्ला पो जस्तो छ है : पवन चाम्लिङ नेपाली भाषा : 'भारतमा जातीयता, नेपालमा राष्ट्रियता'

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ भदौ, काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले नेपालीले पनि सफलतापूर्वक राज्य चलाउन सक्छ भनेर गर्व गर्नुपर्ने बताउनुभएको छ । गान्तोकमा आयोजित नेपाली भाषासम्बन्धी एक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री चाम्लिङले नेपाली भाषा नेपालका लागि राष्ट्रियता र भारतका लागि जातीयताको प्रतीक भएको बताउनुभयो ।
PAWAN-CHAMLINGआफूलाई धेरै नेपालीहरुले भारतीय नमान्ने गरेको र नेपाली नागरिक रहेको आरोप लगाउने गरेको चाम्लिङले गुनासो गर्नुभयो । नेपाली भाषाको भारतीय पत्रिका हिमालयन दर्पणले मुख्यमन्त्री चाम्लिङको भनाइ उधृत गर्दै लेखेको छ-’आज सारा भारतीय नेपालीहरुले गर्व गर्नुपर्छ । नेपालीले पनि सफलतासित राज्य चलाउन सक्छ भनेर गर्व गर्नुपर्छ । आजको दिनमा मसँगै चारपल्ट मुख्यमन्त्री हुनेहरु देशमा चार जनामा छन् । मैले २० वर्ष सरकार चलाएको छु भो मभन्दा अधिक ज्योति बसुले २३ वर्ष सरकार चलाएका थिए । नेपालीको रेकर्ड बन्लाजस्तो पो छ है ।’
नेपाली भाषीको बाहुल्य रहेको भारतीय राज्य सिक्किममा आयोजित नेपाली भाषासम्बन्धी वृहत अन्तरक्रियामा वक्ताहरुले नेपाली भाषा रोजगारमुखी नभएको र नेपाली भाषाप्रति विकर्षण बढ्दै गएको तर्कप्रति मुख्यमन्त्री चाम्लिङले असहमति जनाउनुभयो । ‘नेपाली भाषालाई रोजगारमुखी बनाउनुपर्छ भन्ने कुरामा मेरो असहमति छ,’ उहाँले भन्नुभयो,’शिक्षालाई रोजगारसित जोड्दा शिक्षाको आत्मा मर्छ । शिक्षालाई हुनेखाने पैसावालहरुले व्यापारको साधन बनाएका छन् । व्यापारमुखी शिक्षाले शिक्षक तयार पार्छ तर प्लेटोजस्तो असल शिक्षक जन्माउन सक्दैन । नेता जन्माउन सक्छ तर गान्धीजी र कार्ल मार्क्सजस्तो असल नेता जन्माउन सक्दैन ।’
काठमाडौंमा भएको प्रदर्शनप्रति असन्तुष्टी
गोरखा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले गोरखाल्याण्डको समर्थनमा काठमाडौंमा भएको प्रदर्शनप्रति असन्तुष्टी जनाउनु भएको छ । उहाँले भन्नुभएको छ-’नेपालको राजधानी काठमाडौंस्थित भारतीय दूतावास भवनअघि गोरखाल्याण्डको समर्थनमा कसले प्रदर्शन गर्‍यो हामीलाई कुनै जानकारी छैन । यस्तो आन्दोलनलाई हामीले कहिल्यै प्राथमिकता दिएका छैनौं ।’ विदेशी सहयोग नलिने भन्दै उहाँले आन्देालन भारतीय संविधानको मौलिक अधिकार अन्तरगत अहिंस्रक हुने बताउनुभयो ।
दार्जीलिङमा ठूलो प्राकृतिक प्रकोप
यसैवीच नेपाली भाषी बाहुल्य रहेको दार्जीलिङमा गोर्खाल्याण्ड आन्दोलनको मार परिरहेका बेला मंगलबार भिषण आधी आउँदा करोडौंको क्षति भएको छ । आँधीले रुख ढाल्दा कयौं घरअरु भत्किएका छन् ।
उता अलग राज्यको माग बढिरहेकै बेला पीश्चम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सेप्टेम्बरमा दार्जीलिङ भ्रमण गर्ने कुराले पनि आन्दोलनकारीहरुमा नयाँ तरंग उत्पन्न गरेको छ । मुख्यमन्त्री ब्यानर्जीले आफ्नो फेसबुकमा पहाडमा शान्ति र विकास हुनुपर्ने स्टाटस लेखेपछि गोर्खा जनमुीक्त मोर्चाका अध्यक्ष विमल गुरुङले पनि फेसबुक स्टाटसमार्फत् मुख्यमन्त्रीले पहाडका जनताको भावनालाई कदर गर्नुपर्ने बताउनुभएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger