भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भ्रातृ संगठनमा हालीमुहाली
युवा संघ नेपालमा देखिएको विवाद पनि महाधिवेशनको छायाँ भएको नेताहरु बताउँछन् । नेता ओलीलाई अध्यक्ष बनाउन लागि परेकाहरुले भने खनाल नेपाल गठवन्धन भ्रातृ संगठनहरुबाटै बढारिसकेको दावी गर्छन् । युवा संघमा महेश बस्नेत छन् भने अखिल नेपाल महिला संघमा विद्या भण्डारी हुनुहुन्छ । विद्यार्थीमा माधव ढुंगेल, मजदुरमा विष्णु रिमाल कर्मचारीको नेतृत्वमा पून्य ढकाल हुनुहुन्छ । ‘अहिलको विवाद असोजमा अखिलको महाधिवेशनमा हामी पनि छौं है भनेर देखाउन पनि गरिएको हो’ ओली निकटका एक नेताले अनलाइनखबरसँग भने-’पार्टीको महाधिवेशनमा त भ्रातृ संगठनमा कसको पकड छ भन्नेले पनि गर्छ ।’ भ्रातृ संगठनमध्ये किसान संघमा भने वामदेव गौतम हुनुहुन्छ ।
एन्टी माओइस्ट मुभमेन्ट सेन्टर
उसो त खनाल नेपालको गठवन्धनले ओलीलाई अध्यक्ष बन्न रोक्न नसक्ने उनीहरुको दावी छ । ‘गिरिजाप्रसाद कोइरालापछि एन्टी माओइस्ट मुभमेन्ट सेन्टर भनेकै केपी ओली हो’ उनले भने-’सर्वसम्मत उहाँलाई अध्यक्ष बनाउँ भन्ने हाम्रो प्रस्ताव हो । तर, उहाँहरुले मान्नु भएन भने पनि रोकिने छैन । उहाँहरुको मत भनेको १५ सय महाधिवेशन प्रतिनिधिमा ६ सय पुग्न गाह्रो छ ।’ खनाललाई साथ दिन पुगेका वरिष्ठ नेता नेपालको पक्षमा पार्टीमा जनमत नै नभएको ओली पक्षको दावी छ । उनीहरुका अनुसार केन्द्रीय समितिमा नेपाल पक्षका रघुजी पन्त, बेदुराम भुसाल र गंगा तुलाधर मात्र छन् । उसो त खनाल र नेपाल दुबै टेष्ट भइसकेको नेतृत्व भएकाले पनि पालो ओली कै भएको उनीहरुको दावी छ । खनाल पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसक्नु भएको छ भने १८ वर्ष पार्टी महासचिव भएका नेपालले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीसक्नु भएको छ ।
चुनाव सरे मंसिरमा महाधिवेशन
ओली पक्षले मंसिर ४ को चुनाव अघि नै महाधिवेशन गर्न माग गरेपनि सुनुवाइ भएन । अब मंसिरको चुनाव भए खनालकै नेतृत्वमा जानेछ । तर, मंसिरको चुनाव हुनेमा आशंका बढेपछि ओली पक्षले चुनाव सरे मंसिरमा महाधिवेशन गर्नु पर्ने माग गरेका छन् । ‘मंसिरमा चुनाव हुन्छ भने हामी विवाद गर्ने पक्षमा छैनौं, एक नेताले भने, तर, चुनाव हुदैन भने महाधिवेशन गर्नुपर्छ । फागुनभित्र महाधिवशन गरिसक्नु पर्ने भन्नेछ । नयाँ नेतृत्वसहित चुनावमा जान्छौं ।’
एमालेलाई पहिलो पार्टी बनाउन पनि ओलीलाई नेतृत्वमा ल्याउनु पर्ने ओली पक्षको तर्क छ । लौरो टेकेर तेह्रथुम को गयो ? अरु नेता एक नम्बर पार्टी बनाउने भनेर मात्र बस्छन्, एक नेताले भने, कार्यकर्तामाझ गएर उर्जा ल्याउने काम ओलीले मात्र गर्नु भएको छ । ओली पक्षले अबको चुनावमा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा लिएर जनतामा जाने बताउँछन् । ओली पक्षको माग सजिलै सुनुवाई हुने सम्भावना भने कमै छ ।
खनाल सकेसम्म आफ्नै नेतृत्वमा चुनावमा जाने प्रयासमा हुनुहुन्छ । फागुनसम्म आफ्नो कार्यकाल भएको र चुनाव चैतलाई सरे अर्को एक वर्षभित्र महाधिवशेन गर्ने खनालको तर्क छ । खनाल र नेपालले नमान्ने हो भने महाधिवेशन गर्न ओलीलाई सजिलो छैन । केन्द्रीय समिति वा जिल्ला कार्यसमितिको २ तिहाईले मात्र महाधिवेशन माग गर्न सक्छन्, जुन ओली पक्षसँग छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.