Widgets

Home » , » निर्वाचन हुनेमा हाँस्य कलाकारहरुको आशंका, प्रचण्ड देखि रेखाको उछितो

निर्वाचन हुनेमा हाँस्य कलाकारहरुको आशंका, प्रचण्ड देखि रेखाको उछितो

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपालका चर्चित हाँस्य कलाकारहरुले मुलुकको लागि संविधान सभाको आवश्यकता भएतापनि निर्वाचन हुनेमा आंशका व्यक्त गरेका छन् । रिपोर्टस क्लब नेपालले आयोजना गरेको ‘गाइजात्रे साक्षात्कार’ कार्यक्रममा बोल्दै कलाकार दिपकराज गिरीले मंसिर ४ गते संविधान सभाको चुनाव होस् भन्ने चाहना भएतापनि हुने र नहुने कुरा भगवानलाई मात्र थाहा भएको बताए ।उनले संविधान सभाको विघटन गरेर चार दलका शिर्ष नेताहरुले राज्य कोषको बलात्कार गरेको भन्दै उनीहरुलाई बलात्कारीको संज्ञा दिएका थिए । प्रचण्डले वैद्यलाई निकालेर नायिका रेखा थापालाई भित्राएको प्रति पनि दिपकको व्यङ्ग्य थियो । अर्का हाँस्य कलाकार शैलेन्द्र सिंखडाले महानायक राजेश हमालले आफू भन्दा आधा उमेरकी केटी विवाह गर्ने तयारी गरेको र पत्रकार ऋषि धमलाले विवाह गरिसकेको बिषयलाई रमाइलो शैलीमा चुनाव भन्दा पनि यस्ता हजुरबुबाले नातिनी उमेरसँग विवाह गर्न थालेपछि चुनावमा छोडेर विवाहमा थ्रेस होल्ड लगाउन आग्रह गरे ।
कलाकार जितु नेपालले बर्ड फ्लु भन्दा निर्वाचन फ्लु खतरनाक भएको भन्दै स्ययम निर्वाचन हुने कुरा श्रीमानलाई थाहा नभएको बताए । कलाकार दिपाश्री निरौलाले पहिला आफूसँगै पत्रकार धमला अविवाहित संघमा रहेको र अहिले विवाह गरेपछ बाहिरिएको व्यङ्ग्य गर्दै गाईले भन्दा साढेले विगार्ने गरेकोले अब गाईजात्रा नभई साढे जात्रा भन्नु पर्ने धारणा राखेकी थिइन् ।
कार्यक्रममा हाँस्य कलाकारहरु दमन रुपाखेती, सीताराम कट्टेल, निर्मल शर्मा, शिवशंकर रिजाल, श्रीकृष्ण सिंखडा लगायतले राजनीतिक बिषयमा क्यारिकेचर गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger