Widgets

Home » , » सुन ५९ हजार नजिक पुग्यो

सुन ५९ हजार नजिक पुग्यो

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, काठमाडौं । सोमबार स्थानिय बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर ५९ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी gold gargahanaव्यवसायी महासंघले सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ५८ हजार ९ सय रुपैयाँ तोकेको छ । निरन्तर उकालो लागेको सुन गत शुक्रबार सय रुपैयाँ घटेर कारोबार भएको थियो भने हिजो स्थिर रहेको थियो ।
सोमबार तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँ बढेर ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेर कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको १ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको भाउ अझै आकासिने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger