Widgets

Home » , » मुम्बई बलात्कार काण्डका सबै अभियुक्त पक्राउ

मुम्बई बलात्कार काण्डका सबै अभियुक्त पक्राउ

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Rape Accused

नयाँदिल्ली (रोयटर्स), भाद्र १० - महिला फोटो पत्रकारमाथि मुम्बईमा गत साता भएको सामूहिक बलात्कारका पाँचै अभियुक्त पक्राउ परेका छन् । घटनाका पाँचौं अभियुक्त आइतबार नयाँदिल्लीमा पक्राउ परेका छन् । गत बिहीबारको घटनाका कारण भारतका सडक र सदन दुवै तातेका छन् । प्रदर्शनमा उत्रेका सर्वसाधारणले भारतमा महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन् । मुम्बईको लोअर परेलस्थित बन्द रहेको एक टेक्सटाइल मिलमा फोटो खिच्न गएकी महिला पत्रकारमाथि ५ जनाले सामूहिक बलात्कार गरेका थिए । मुम्बई प्रहरीका संयुक्त अधिक्षक सदानन्द दातेले सबै अभियुक्तहरू पक्राउ परिसकेको जानकारी दिए । पीडित महिला पत्रकारको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी काममा फर्किन इच्छुक छिन् । 'बलात्कार जीवनको अन्त्य होइन, म सबै अपराधीहरूमाथि कडा कारबाही चाहन्छु र सकेसम्म चाँडो काममा फर्किन चाहन्छु,' बलात्कृत पत्रकारले सीएनएन-आईबीएन टेलिभिजनसँग अस्पतालको शय्यामा भनिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger