Widgets

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Football Team

काठमाडौ, भाद्र १० - नेपाली राष्ट्रिय टिमले बहराइन र कुवेत भ्रमणसँगै नयाँ शैली अवलम्बन गरेको छ । प्रशिक्षक ज्याक स्टेफनोस्कीले ४-४-१-१ को नयाँ संरचनामा अभ्यास गराएको र साफ च्याम्पियनसिपमा नेपालले त्यही शैलीमा खेल्ने योजना भएको कप्तान सागर थापाले बताए ।
पोलिस मूलका अमेरिकी प्रशिक्षक स्टेफनोस्कीको नयाँ शैलीमा अग्रपंक्तिमा एक सेन्टर फरवार्ड हुनेछ । र, उसको ठीक पछाडि पनि आक्रामक खेलाडी रहनेछ । चार मिडफिल्डर, चार डिफेन्डर र एक गोलकिपर त छँदैछन् । यस्तो शैलीमा नेपालले खाडी क्षेत्रको तीन साता तयारीमा खेलेका ५ मध्ये पछिल्ला ४ खेल जितेको थियो । सफलता हात पारेको चारमध्ये तीन खेलमा फरवार्डको जिम्मेवारी अनिल गुरुङले पाएका थिए । उनले चार गोल गर्दै नयाँ शैलीमा अभ्यस्त बन्ने प्रयास गरे पनि ।
नेपाली राष्ट्रिय टिमलाई स्टेफनोस्कीले यसअघि स्पेनी महारथी बार्सिलोनाको खेल शैली -४-३-३) मा मैदानमा उतार्दै आएका थिए । तर, त्यो शैलीमा नेपाली खेलाडी भिज्न सकेका थिएनन् । त्यसैले स्टेफनोस्कीसामु नेपाली खेलाडीको विशेषता चिन्न नसकेको आरोप लागेको थियो । उनको त्यो शैलीमा नेपाल फागुनमा काठमाडौंमै भएको एएफसी च्यालेन्ज कपको छनोटमै चुक्यो । स्टेफनोस्की अघिका प्रशिक्षक ग्राहम रोबर्ट्सले ५-३-२ र ४-४-२ को प्रणाली पनि अपनाएका थिए ।
'रोबर्ट्सको शैली रक्षात्मक थियो । स्टेफनोस्कीको नयाँ शैली आक्रामक छ । र, उनको शैलीमा खेलाडीहरू अभ्यस्त भइसकेका छन् । यस्तोमा टिम सेट राम्रो र बलियो भएको छ,' नेपालका कप्तान सागर थापाले त्रिभुवन विमानस्थलमा आइतबार भने । साउन २० गते बहराइन पुगेको २५ खेलाडीसहितको नेपाली टिम अन्तिम १० दिन कुवेतमा अभ्यास गरेपछि स्वदेश फर्केको हो ।
नयाँ शैली अवलम्बनसँगै गल्ती सुधार गरेको दाबी गर्दै कप्तान थापाले भने, 'नयाँ शैलीमा बल पोजेसन राम्रो देखिएको छ । यस्तोमा नतिजा पक्कै राम्रो हुने छ । त्यसैले उपाधिको बलियो दाबेदार हौं ।' डिफेन्डिङ च्याम्पियन भारत, सन् २००३ को विजेता बंगलादेश र तीनपल्ट सेमिफाइनल खेलेको पाकिस्तानसँगै समूह 'ए' मा नेपाल सबैभन्दा बलियो भएको थापाले दाबी गरे ।
'हामी समूहकै सबैभन्दा राम्रो टिम हौं । सबै प्रतिद्वन्द्वीलाई हराउन सक्षम छौं,' कप्तान थापाले भने, 'नेपालले ट्रफी नजितेको दुई दशक भइसकेको छ । त्यसैले हामीलाई ट्रफी चाहिएको छ । ट्रफी हात पार्न सबै आतुर छन् । ट्रफी नेपालमै राख्न चाहन्छौं ।'
ँराम्रो अनुभव’
प्रशिक्षक स्टेफनोस्कीले बहराइन र कुवेतमा गरेको अभ्यासले टिम राम्रो भएको बताए । 'दुई सातायता कडा अभ्यास गरेका छौं । ५ अभ्यास खेल खेल्यौं । त्यसमा खेलाडीले राम्रो प्रदर्शन गरे । त्यसैले राम्रो तयारीको अनुभव बटुल्यौं,' उनले भने ।
नेपालको साफ तयारी
नतिजा    प्रतिद्वन्द्वी
०-३    बहराइन यू-२३
१-०    इस्ट रिफा -बहराइन)
२-०    कुवेत यू-२०
८-२    अल अरबी -कुवेत)
३-०    अल फाहहिल -कुवेत)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger