Widgets

Home » » निर्देशक शिब रेग्मीको अवस्था चिन्ताजनक

निर्देशक शिब रेग्मीको अवस्था चिन्ताजनक

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


ओम हस्पिटलको आईसियूमा उपचाररत निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । दुवै मृगौलाले काम नगरेपछि उनलाई मृगौला प्रत्यारोपणको लागि टिचिङ हस्पिटलमा राखिएको थियो । तर विहीबार राती एक्कासी उनको रक्तचाप बढेपछि अवस्था गम्भीर भएको हो । टिचिङ हस्पिटलको आईसियू कक्ष खाली नभएपछि उनलाई ओमको आईसियूमा सारिएको हो । निर्देशक रेग्मीका निकट मित्र निर्माता केशब भट्टराईले बताए अनुसार स्वास्थ्य ठिक नभएसम्म मृगौला प्रत्यारोपण गर्न नमिल्ने डाक्टरले बताएका छन् । रेग्मीलाई उनकै भाईले मृगौला दिने तयारी गरेका थिए । त्यस्तै रेग्मीको उपचारको लागि सहयोग पनि जुटिरहेको थियो । केही समय अगाडि चलचित्र विकाश बोर्डले रु पाँच लाख र चलचित्र संघले रु एक लाख नगद सहयोग गरेको थियो । त्यस्तै अन्य व्यक्तिबाट पनि रकम सहयोग मिलेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger