भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ साउन, काठमाण्डौं । केन्द्रीय कारारगारमा रहेका डन चक्रे मिलन -मिलन गुरुङ) ले जेल भित्रै भव्य पार्टी दिएर आफ्नो जन्म दिन मनाएका छन् । मंगलबार जेलबाहिरका आफ्ना सहयोगीलाई समेत बोलाएर उनले जेलभित्रै पार्टी गरेका हुन् । जेलमा आफन्तबाहेक अन्यलाई भेट्न मनाही भए पनि जेल प्रशासनलाई प्रभावमा पारी उनले पार्टी दिएका हुन् । उनको पार्टीमा केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका प्रहरीसमेत सहभागी थिए । जेल स्रोतका अनुसार मंगलबार दिउँसो करिब तीन बजेपछि उनको पार्टी सुरु भएको थियो । केन्द्रीय कारागारका आफूनिकट सयौं कैदीबन्दीलाई निम्त्याएर उनले पार्टी दिएका थिए । जेलबाहिरबाट पनि चक्रेका १५ भन्दा बढी साथी जेलभित्र गएर पार्टीमा रमाएको शनिबारको नयाँ पत्रिकामा खबर छ । पार्टीमा उनले एक लाख भन्दा बढी खर्च गरेको स्रोतले बताएकोछ । केन्द्रीय कारारगारका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काले चक्रेले जेलभित्रै बर्थडे मनाएको स्विकारे । ‘चक्रेदाइको बर्थडे छ, भन्दै उनका साथीहरु गिफ्ट बोकेर आएका थिए,’ उनले भने ‘जेल भित्रै पसल र रेस्टुरेन्ट हुन्छ, पैसा हुनेका लागि जेलभित्रै पार्टी गर्नु ठूलो कुरा होइन ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.