Widgets

Home » » विशेषज्ञ चिकित्सक कै क्लिनिक अबैध

विशेषज्ञ चिकित्सक कै क्लिनिक अबैध

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ साउन, भैरहवा । भैरहवाका एक विशेषज्ञ चिकित्सकले इजाजतविनै डेन्टल क्लिनिक सञ्चालन गरेको पाइएको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा कार्यरत दन्तविशेषज्ञ हेमन्त हलुवाईले सिद्धार्थनगरस्थित स्माइल एन्ड प्रोफाइल डेन्टल क्लिनिक विनाइजाजत सञ्चालन गरेकोे भन्दै जिल्ला अनुगमन समिति रूपन्देहीले शुक्रबार ताला लगाएको छ । सो क्लिनिक भैरहवामा मिलनचोकमा चार वर्षदेखि सञ्चालित थियो । यस क्लिनिकसँगै विनाइजाजत सञ्चालित भैरहवाका अन्य तीनओटा डेन्टल अस्पताल बन्द गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनका अनुसार लुम्बिनी डेन्टल, कृष्ण बुद्ध डेन्टल र बुद्ध डेन्टललाई बन्द गराएको हो । लुम्बिनी डेन्टलबाट बीडीएस नगरी आरसीटी अप्रेसन गर्दै गरेका रामकृष्ण पौडेललाई पनि अनुगमन समितिले पक्राउ गरेको छ । स्वास्थ्य सहायक पौडेलले गैरकानुनी रूपमा आरसीटी अप्रेसन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । आरसीटी अप्रसेनका लागि अनिवार्य रूपमा बीडीएस (ब्याचलर अफ डेन्टल सर्जन) गरेको हुनुपर्छ । तर, उनले सो कोर्स नगरी उपभोक्ताको ज्यान जोखिममा राखेर काम गरेकाले कारबाही गरिने भएको हो । इजाजत नलिई सञ्चालनमा आएका जिल्लाका अन्य डेन्टल अस्पतालहरू पनि आइतबारसम्म बन्द गराइने उनले जनाए । जिल्लामा आठओटा क्लिनिकले मात्रै इजाजत लिएका छन् भने अन्य तीन दर्जनभन्दा बढी क्लिनिकहरू विनाइजाजत सञ्चालन भइरहेका छन् । स्माइल एन्ड प्रोफाइल डेन्टल क्लिनिकका सञ्चालक डा.हलुवाईले आङ्खनो क्लिनिक दर्ता प्रक्रियामा रहेको दाबी गरेका छन् । यस्तै, अनुगमन समितिले भैरहवाको सुलभ औषधि पसलबाट म्याद नाघेका सुईहरू बरामद गरेको राजधानी दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger