Widgets

Home » » सौन्दर्यताले भरिएको गोसाइकुण्ड (फोटो फिचरसहित)

सौन्दर्यताले भरिएको गोसाइकुण्ड (फोटो फिचरसहित)

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भरतबन्धु थापा
धार्मिकरुपले निकै ख्याति कमाएको गोसाइकुण्डको दर्शन गर्न जाने दर्शनार्थीको घुँइचो नै लाग्छ । त्यसमा पनि पूर्णीमाको समयमा त गोसाइकुण्डमा भक्तजनहरुको लर्को नै लाग्ने गर्दछ । गोसाइकुण्ड भन्ने वित्तिकै धार्मिक हिसावले हिन्दुहरुका लागि प्रख्यात छ । विशेष गरी हिन्दुहरुले मनाउने जनैपूर्णिमाको दिनमा मनाईने मेला नै गोसाइकुण्डको प्रमुख आकर्षण हो ।यो क्षेत्र कुण्डै कुण्डैको क्षेत्र भन्दा पनि हुन्छ । गोसाइकुण्ड क्षेत्रमा भैरव कुण्ड, सूर्य कुण्ड लगायत १०८ वटा कुण्ड रहेका छन् । तर गोसाइकुण्ड धार्मिक हिसावले मात्र नभएर पर्यटकीय हिसावले पनि त्यत्किै परिचित छ ।
0.0
समुन्द्रीक सतहबाट ४ हजार ७ सय मिटर उचाईमा रहेको ताल हो गोसाइकुण्ड ताल । यो तालमा नुहाएमा मोक्ष प्राप्ति हुनुका साथै आफ्नो मनले चिताएको पुग्ने तथा परिवारजनलाई समेत राम्रो हुने जनविश्वास छ । यो क्षेत्रमा ५ थरीमा लालीगँुरास पाउनुका साथै जनावरहरुकाम हिम चितुवा, विश्वमै दुलर्भ मानिएको रातो पाण्डा, डाफे मुनाल लगायतका दुलर्भ जनावरका साथै चराचुरुगीको हेर्न पाइन्छ । यो क्षेत्रबाट लाडटाड रेन्ज, मनास्लु हिमाल, धौलागीरी हिमाल, बुद्ध हिमाल र अन्नपुर्ण हिमाल लगायत धेरै हिमालहरु समेत हेर्न पाईन्छ ।
0
तामाड संस्कृति बाहुल्यता रहेता पनि यो क्षेत्रमा अन्य जातजातिको पनि बसोबास रहेको छ । तामाङ जातिको बाहुल्यता भएका कारण पनि यो पदमार्ग तामाङ हेरीटेज टेल भनेर चिनिन्छ । गोसाइकुण्ड जानका लागि तीनवटा पदमार्गहरु रहेका छन् । सुन्दरीजल हुदै गोसाइकुण्ड, रसुवाको धुन्चे हुँदै र हेलम्बु हुँदै पनि गोसाइकुण्ड जाने गरिन्छ । तर अहिले रसुवाको धुन्चेसम्म यातायातको सुविधा भएका कारण केही छोटो बाटो पर्दछ भने पैदल यात्रा गर्न रुचाउनेहरु भने सुन्दरीजल भएर जाने गर्दछन् ।
1
2
3
4
5
6
7
8
9
10
12
13
14
15
16
17
तस्वीरः राजेन्द्र लामा/भरतबन्धु थापा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger