Widgets

Home » » राष्ट्रपतिको मौनता रहस्यपूर्ण : थापा

राष्ट्रपतिको मौनता रहस्यपूर्ण : थापा

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ साउन, सप्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझिनसक्नु रहेको बताउनुभएको छ । राप्रपा नेपालले शनिवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, “राष्ट्रपति किन चुप लागेर बस्नुभएको छ, त्यो भित्री कुरा बुझ्न पाएको छैन, तर उहाँको मौनता रहस्यपूर्ण छ ।”kamal thapa
आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउने तीनदल र मधेसी मोर्चाका नेताहरुको नियत नरहेको टिप्पणी गर्दैै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरुसँग वार्ता डाक्नुपर्ने बताउनुभयो ।  निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वैद्यजी र हाम्रो पार्टीको मान्यता नै फरक छ र सहकार्यको विषयमा छलफल पनि हुन नसकेको अवस्थामा सहकार्य हुने कुनै सम्भावना छैन ।”
मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो ।आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनका लागि युद्धगतिमा तयारी तीव्र पारेको जानकारी दिँदै उहाँले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजयी हासिल गर्ने दाबीसमेत गर्नुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger