Widgets

Home » » चुनाव बहिस्कार गर्नेहरु जनताबाटै नांगिन्छन्ः पोख्रेल

चुनाव बहिस्कार गर्नेहरु जनताबाटै नांगिन्छन्ः पोख्रेल

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शरद रेग्मी
१९ साउन, दाङ । नेकपा एमालेका  सचिब शंकर पोख्रेलले निर्वाचन बहिस्कार गर्ने दलहरुलार्इ जनताले नाङ्ग्याउने बताउनु भएको छ । उहाँले लोकतन्त्रमा निर्वाचनमा जाने-नजाने दल दर्ता गर्ने-नगर्ने अधिकार कुनै पनि दलमा अन्त्तरनिहित अधिकार भएपनि निर्वाचन विरोधी गतिविधि गर्ने र निर्वाचन वहिस्कार गर्नेहरु भने अनन्तः जनताको माझ बाट बहिस्कृत हुने बताउनु भयो  ।
sankar-pokrel
 रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा शनिवार बिहान गरेको साक्षात्कारमा  कार्यक्रममा  पोख्रेलले साक्षात्कारमा भन्नुभयो, ‘बाराम्बार ३३ दलीय गठबन्धनलाई निर्वाचनमा आउन आग्रह गरिरहेको भएपनि यदी  यसलाई व्यवास्ता गरेमा उनीहरुलाइ नै सबैभन्दा ठूलो क्षति हुने छ ।’
नेता पोख्रेलले यदि मंसिर ४ मा निर्वाचन हुन्छ, भन्ने सुनिश्चिता भए एमाले जस्तो सुकै लचकता अपनाउन तयार रहेको बताउनुभयो । उहांले भन्नुभयो,’त्यसका लागि सरकारमा हेरफेर, उच्चस्तरीय राजनीतिक संमन्त्रको निस्कृयता लगाएतका कुराहरु हेरफेर गर्न सकिन्छ ।’ तर नेकपा एमाले एकल जातिय राज्य हुनुपर्छ, भन्ने पक्षमा नभै बिपक्षमा रहेको पनि उहांले स्पष्ट पार्नुभयो ।
 उहाँले केही दलहरुले फेरी मतदाता नामावलीको समयाबधि थप्नुपर्छ भनिरहेको कुरा निर्वाचन आचारसंहिताको बर्खिलापमा हुने टिप्पणी गर्दै निर्वाचन आयोगले यसबारेमा स्पष्ट धाराना सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
पोख्रेलले लोकतन्त्रमा म कसैलाई भोट हाल्दिन भनेर निस्कृय बस्छु, भन्ने अधिकार मतदातामा सुरक्षित रहेको चर्चा गर्दै भन्नुभयो, ‘ तर मतदान गर्न खोज्नेहरुलाई रोक्ने दुस्साहास गर्नु लोकतन्त्रको उपहास र मानव अधिकारको हनन् हो’ । पोख्रेलले मंसिर चारको निर्वाचन ठूला चार शक्तिले चाहेमा सम्पन्न हुने र त्यसले राजनीतिक बैद्यानिकता पनि पाउने दाबी गर्नुभयो । उहांले भन्नुभयो’ अहिले बिगतमा जस्तै नहुने बरु शक्ति सन्तुलन उल्टिने ठोकुवा गर्नुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger