Widgets

Home » » चन्द्रमाको चट्टान नेपाल आइपुग्यो

चन्द्रमाको चट्टान नेपाल आइपुग्यो

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ साउन, मोरङ । सुनसरीको अमाहीबेला-७ स्थित एभरेस्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शनमा राखिने चन्द्रमाको ढुङ्गा अमेरिकाबाट विराटनगर आइपुगेको छ । साइन्स सेन्टरका अध्यक्ष डा दिलीप अधिकारीको नेतृत्वमा गएको टोलीले मेयरबसाल्ट नामको तीन अर्ब ७५ करोड वर्ष पुरानो उक्त चट्टान शनिवार दिउँसो विराटनगर ल्याइपुर्‍याएको हो । अमेरिकी वैज्ञानिकहरुको संस्था नासा रहेको टेक्सास राज्यको हिल्सटन सहरबाट सोझै विमानबाट नेपाल ल्याएको उक्त १२० ग्राम वजन भएको चट्टान विराटनगर विमानस्थलबाट सोझै सुनसरीस्थित साइन्स सेन्टरमा लगिएको छ । सोमबारबाट सुरु हुने प्रदर्शनीमा राखिने उक्त चट्टान नेपाल र भारतका १० लाख मानिसले अवलोकन गर्ने साइन्स सेन्टरले जनाएको छ । पहिलोपल्ट अन्तरीक्षमा पाइला टेक्ने अमेरिकी अन्तरीक्षयात्री निलआर्मस्टाङको जन्म र स्मृति दिवसको महिना पारेर उक्त चट्टान नेपालमा ल्याइएको हो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger