Widgets

Home » » अछाममा ६५ वर्षकी वृद्धा बलात्कृत

अछाममा ६५ वर्षकी वृद्धा बलात्कृत

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ साउन, अछाम । अछाममा एक ६५ वर्षकी वृद्धा बलात्कृत भएकी छन् । सिउँडी गाविस १ का ५० वर्षका डम्बरबहादुर शाहले ६५ वर्षकी वृद्धालाई जबरजस्ती बलात्कार गरेको उजुरी प्रहरी समक्ष परेको छ । शाहले साउन १६ गत दिउँसो घरमा कोही नभएको मौका छोपेर वृद्धालाई आफ्नो घरमा बोलाएर जबरजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक श्यामपैसा पौडेलका अनुसार दिउँसो बलात्कृत भएको भनिएकी वृद्धाले बेलुकी घरमा परिवार जम्मा भएपछि आफू बलात्कृत भएको बताएपछि सो घटना बाहिर आएको हो । सोही रात परिवाले प्रहरीचोकी चौरपार्टीलाई मौखिक उजुरी गरेको थियो । प्रहरीले अभियुक्त शाहलाई १७ गते दिउँसो घरैबाट पक्राउ गरेर हिरासतमा राखेको जनाएको छ । वृद्धाको बिहीबार रातिनै जिल्ला अस्पताल मंगलसेनमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीलाई उदृत गर्दै अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger