Widgets

Home » » स्तनपान गराउन नै जान्दैनन आमाहरु

स्तनपान गराउन नै जान्दैनन आमाहरु

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ साउन, मकवानपुर । मकवानपुर जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर जनस्वास्थ्य अधिकृत सुनिलकुमार श्रीवास्तवले कतिपय आमाहरूले स्तनपान गराउन नजानेकै कारण बच्चाहरू दूध खान नमान्ने, झगडालु हुने र कुपोषणको सिकार बन्ने गरेको बताएका छन् । विश्व स्तनपान सप्ताह मनाइरहँदा जनस्वास्थ्य अधिकृत श्रीवास्तवले आमाहरूले यस्तो विषयमा ज्ञान राख्न आवश्यक भएको बताए । उनले स्वास्थ्य सन्देशको प्रचार–प्रचारको क्रममा फिल्डमा जाँदा अधिकांश आमाहरूले स्तनपान गराउन नजानेको पाइएको बताए ।
aama‘बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक केही पनि खुवाउनु हुन्न, तर धेरै आमाहरू आङ्खनो दूधसँगै पानी, अन्य कुराको रस खुवाउने गरेको पाइयो,’ उनले भने, ‘९८ प्रतिशत आमाहरूले बच्चालाई दूध त चुसाउँछन्, तर दूधसँगै अरू वस्तु पनि खुवाउँछन्, जुन गलत हो ।’ मकवानपुर जिल्लामा ६ महिनामुनिका करिब ५ हजार ५ सयजना बालबालिका छन् । यी अधिकांश बालबालिकालाई आमाको दूधसँगै अन्य वस्तुको रस पनि खुवाउने गरेको उनले बताए । ५३ प्रतिशत आमाहरूले मात्रै ६ महिनामुनिका बालबालिकालाई दूध मात्रै खुवाउने गरेको राजधानी दैनिकमा खबर छ ।
यसैगरी, १९ प्रतिशत आमाहरूले ६ महिनामुनिका बालबालिकालाई स्तनपानसँगै पानी खुवाउने गरेका छन् । यस्तै, १३ प्रतिशत आमाहरूले सो उमेरका बच्चालाई गाई वा भैंसीको दूध पनि खुवाउँछन् । १३ प्रतिशतले दूधसँगै लिटो, जाउलो, तथा २ प्रतिशतले फलपूmलको रस खुवाउने गरेको श्रीवास्तवले बताए । ६ महिनामुनिको बच्चालाई २४ घन्टा अर्थात् १ दिनमा ८ देखि १० पटक र प्रत्येक पटक कम्तीमा १५ मिनेट स्तनपान गराउनुपर्छ । तर, ग्रामीण महिलाहरूले यसो गर्ने नगरेको उनले बताए । श्रीवास्तवका अनुसार १५ मिनेटसम्म आमाको दूधबाट आउने पौष्टिक तत्त्व फरक–फरक हुन्छ । पहिलो पाँच मिनेटसम्म आउने आमाको दूधमा बच्चाका लागि आवश्यक पानीको मात्रा बढी हुन्छ, त्यसपछि बाक्लो दूध आउँछ । उनका अनुसार एकै पटकमा दुवै दूध खुवाउनु पनि राम्रो होइन । ‘एक पटकमा एउटा मात्र दूध १५ मिनेटसम्म चुसाउनुपर्छ, अनि दोस्रो पटकमा अर्को चुसाउनुपर्छ, यसो गर्दा बच्चाले पूर्णरूपमा पौष्टिक तत्त्व पाउँछ,’ उनले भने ।
पूर्ण रूपमा स्तनपान गर्न पाएका बच्चाहरू निरोगी हुनुका साथै, उनीहरू हुर्केपछि पनि मायालु स्वभावका हुन्छन्, मस्तिष्कको राम्रो विकास हुन्छ, आँखाको दृष्टि राम्रो हुन्छ, रक्तनलीहरूको विकास राम्रो हुन्छ । ‘आमाको दूधका १ सय ३० प्रकारका तत्त्वहरू मिसिएको हुनाले यो अमृतसमान हन्छ भनिएको हो,’ उनले भने । आमाको दूध पर्याप्त मात्रामा खुवाउनेले कुपोषण तथा मृत्युदरमा कमी ल्याउन सकिने उनले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger