Widgets

Home » » एकैदिन विमानस्थल २ पटक बन्द

एकैदिन विमानस्थल २ पटक बन्द

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

TIA

काठमाडौं, श्रावण १९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रनवे मर्मत गर्न दुई पटक बन्द गरिएको छ । यसले गर्दा पोखरा हिडेका उपराष्ट्रपति परमानन्द झा ४० मिनेट आन्तरिक टर्मिनलमै कुर्नु परेको छ । बुद्ध एयरको जहाजबाट उनी पोखरा जान लागेका थिए । पानी र घामका कारण रनवेको पीच २/३ ठाऊँ उप्किएकाले व्यवस्थापनले दिउँसो २ बजे आधा घण्टाका लागि र साढे ४ बजेदेखि १ घण्टाका लागि विमानस्थल बन्द गरेको थियो । स्रोतका अनुसार पोखरामा फुलमाला लिएर उपराष्ट्रपतिको स्वागतमा आएकाहरु उडान ढिलो हुने भएपछि फर्किएका थिए । दिउँसै व्यवस्थापनले राडारको सेड्युल मर्मत समेत गरेको थियो । विमानस्थल बन्दका कारण बुद्धको भद्रपुरबाट आएको जहाज २५ मिनेट होल्ड भएको थियो । त्यस्तै यति एयरलाइन्सको चन्द्रगढीबाट आउने जहाज होल्डपछि बिराटनगर डाइभर्ट गरेर बेलुका काठमाडौं आएको थियो । यतिकै जनकपुरबाट ३ बजेर ५० मिनेटमा आउनुपर्ने जहाज सवा ७ बजेपछि मात्र काठमाडौं अवतरण गरेको स्रोतले बतायो । अन्य विमानकम्पनीको उडान १ देखि डेढ घण्टा ढिलो भएको थियो । स्रोतका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर अरेबिया र कतार एयरवेजको जहाज ३० देखि ४५ मिनेट होल्डमा बसेको थियो । विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले भने आधा घण्टामात्र विमानस्थल बन्द भएकाले उडानमा असर नपुगेकेा दाबी गरे । 'उडानको ट्राफिक कम भएकाले विमानस्थल बन्द गरिएको हो,' उनले भने 'वर्षाको कारणले केही ठाऊँमा समस्या आएकाले मर्मतको कामका लागि यस्तो गर्नु पर्‍यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger