Widgets

Home » » बानको सन्देशको अर्थ के ?

बानको सन्देशको अर्थ के ?

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

surya

काठमाडौं, श्रावण १९ - निर्वाचनमा सबै दललाई सहभागी गराएर लैजानुपर्ने राष्ट्रसंघीय महासचिव बान कि मुनको सुझावलाई समयमै कार्यान्वयन गर्न सक्ने अवस्था छ ? कांग्रेस सभापति सुशील कोइराला र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाबीच शुक्रबार दिउँसो सवा घन्टा लामो भेटघाटमा यो प्रश्न घरीघरी उब्जियो । भारत भ्रमणको पूर्वसन्ध्यामा सुझाव लिन हाडीगाउूस्थित थापा निवासमा भेट्न पुगेका कोइरालाले मंसिर ४ को घोषित चुनावी मिति र बान सन्देशका विषयमा छलफल गरे । अघिल्लो दिन बानले न्युयोर्कमा एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा चुनावमा सबै दललाई सहभागी गराउनु राम्रो हुने सुझाव दिएका थिए । 'अहिलेसम्मको अवस्थामा वैद्यजीहरू मंसिर ४ कै चुनावमा सहभागी हुने देखिँदैन । राष्ट्रसंघको चासो जति राम्रो छ, कार्यान्वयन गर्न उति नै कठिन छ,' २ नेताबीच भएका छलफलका सन्दर्भ राख्दै राप्रपाका वरिष्ठ केन्द्रीय सदस्य सुनिल थापाले कान्तिपुरसँग भने । कोइराला र राप्रपा अध्यक्ष थापा दुवै मंसिर ४ मै चुनाव गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । शुक्रबार नै राप्रपाका केन्द्रीय सदस्यहरूलाई पदभार ग्रहण र सपथ कार्यक्रमपछि जारी वक्तव्यमा पनि थापाले 'मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई चुनौती र अवसर दुवैको रूपमा' लिन सबैलाई आग्रह गरेका छन् । तर चुनावी प्रक्रियाका लागि राजनीतिक सहमति जुटाउने कामले भने गति लिएको छैन । त्यही बीचमा मुनको सन्देश आएपछि दुवै नेता गम्भीर भएका हुन् । साउन २० देखि दिल्ली भ्रमणमा जान लागेका कोइरालाले आफ्नो पार्टीका दुई महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि साथै लैजाँदै छन् । छिमेकी दुवै मुलुकको राजनीतिलाई नजिकबाट नियाल्ने राजनीतिज्ञका रूपमा चिनिएका थापालाई कोइरालाले भेटेका हुन् । दुई नेताबीच मुख्यतः संविधानसभाका चुनौतीबारे छलफल भएको थियो । साथै नयाँ बन्ने संविधानका अन्तर्वस्तु, त्यसमा भारत, चीन र पश्चिमाहरूको चासोबारे समेत छलफल भएको थियो । असन्तुष्ट नेकपा- माओवादीसहित ३३ दलहरूले संविधानका अन्तर्वस्तु गोलमेच सम्मेलनबाट हल हुनुपर्ने माग उठाउूदै आएको छ । तर, मंसिर ४ भित्रै त्यो सम्भव हुनेमा चार राजनीतिक शक्ति विश्वस्त छैनन् । असन्तुष्ट चुनावमा भाग लिन्छन् भने चुनाव मितिको विकल्पमा समेत छलफल हुन तयार हुनुपर्ने तर्क कोइरालाको रहेको राप्रपाका अर्का एक केन्द्रीय सदस्यले बताए । 'सके मंसिर ४ मै टुंग्याउने । नभए चैतमा पुर्‍याएर भए पनि चुनावकै बाटोबाट समाधान खोज्नुपर्छ,' कोइरालाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, 'तर, त्यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई हामीले बुझाउन सक्नुपर्छ ।' संघीयताको मोडलबारे भने दुवै नेताको करिब समान राय थियो । समग्र मधेस एक वा दुई प्रदेश व्यावहारिक नहुने र त्यसमा राजनीतिक सहमति पनि नजुट्नेमा दुवै एकमत थिए । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पछिल्लो भारत भ्रमण र लोकतान्त्रिक शक्तिबीच एक भएर चुनावमा जानुपर्ने भारतीय चासो पनि छलफलको विषय थियो । 'अहिलेको राजनीतिक अस्थिरताको विकल्प चुनाव नै हो । त्यसमा लोकतान्त्रिक शक्ति एक हुनुपर्छ र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ । त्यसमा तपाइर्ंहरू पनि सहमत भइदिनुपर्‍यो,' आफ्ना पार्टी अध्यक्षले थापासूग गरेको आग्रह सुनाउँदै कोइराला निकट स्रोतले भन्यो । मधेसको प्रदेशका विषयमा भारतले बढ्ता चासो राख्दा चीनको समेत असन्तुष्टि हुने र त्यसले चुनावमा बाधा पुग्ने दुवैको निष्कर्ष थियो । नेताहरूसँगको भेटघाटमा चिनियाँ अधिकारीहरूले तराई- मधेस दुई प्रदेश हुन नहुने सुझाव राख्दै आएका छन् । वरिष्ठ नेतापछि निम्ताइएका कोइरालाले दिल्लीमा कंग्रेस अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन सिंह लगायतसूग उच्चस्तरीय भेटघाट गर्दैछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger