Widgets

Home » » संक्रमित क्षेत्रका बासिन्दा बिरामी त्रसित तीन परिवार विस्थापित

संक्रमित क्षेत्रका बासिन्दा बिरामी त्रसित तीन परिवार विस्थापित

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Birdflu

भक्तपुर, श्रावण १९ - बर्डफ्लु पुष्टिपछि कुखुरा नष्ट गरिएको जगाती आसपासका बासिन्दा बिरामी पर्न थालेका छन् । स्थानीय तीन परिवार संक्रमणको डरले घर छाडेर विस्थापित भएका छन् । एकातर्फ दुर्गन्धले बस्न नसकिने स्थिति भएपछि र अर्कोतर्फ धमाधम बिरामी पर्न थालेपछि दुर्गन्ध व्यवस्थापन र बिरामीको उपचार गरिदिन माग गर्दै शुक्रबार स्थानीयवासीले प्रहरी कार्यालय पुगेर दबाब दिएका छन् । सरकारी टोलीले 'लापरबाही गरेर रोगी कुखुरा सामान्य रूपमा गाडेपछि' दुर्गन्ध फैलिएर व्यक्तिहरूसमेत बिरामी पर्न थालेको स्थानीय बासिन्दाले बताए । भक्तपुर नगरपालिका- २ जगाती प्रहरी प्रभाग नजिकैको विमल धिमसुको र्फम वरपरका बासिन्दा बिरामी परेका हुन् । उक्त र्फमका कुखुरा मंगलबार राति नष्ट गरिएको थियो । र्फम वरपरका बासिन्दामा रुघाखोकी, ज्वरो, रिंगाटा लाग्ने, वाकवाकी हुने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको छ । यी लक्षणसहित ६ जनाभन्दा बढी बिरामी परेको स्थानीय जगतशेर गोसाइूले बताए । उक्त स्थानको एउटै खाल्डोमा धिमसुको र्फमका ५ हजार ५ सय २० कुखुरा गाडिएको छ । कुखुरा नष्ट गर्दा निस्केको रगत जताततै चुहिएको छ । व्यवस्थित रूपमा नगाड्दा दुर्गन्ध बढ्दो छ । कुखुरा गाडेको क्षेत्र हूुदै स्थानीय आवतजावत गर्छन् । गाडेको ठाउूमा जमिनमुनिबाट रगत मिसिएको पानी निस्किएको छ । 'स्थानीयको स्वास्थ्यको ख्याल नगरी लापरबाही तरिकाले रोग लागेको कुखुरा नष्ट गरेको छ,' गोसाइूले भने, 'यस क्षेत्रको बासिन्दाको स्वास्थ्यमा ध्यान नदिूदा हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने छ ।' बाक्लो बस्तीको बीचमा रहेको र्फमको कुखुरा नष्ट गरिए पनि सुली, प्वाूख, मल तथा अन्य वस्तु त्यत्तिकै छाडिएको छ । बर्डफ्लु सुली र मललगायत र्फममा प्रयोग गरिने सामग्रीबाट सर्ने भए पनि कुखुरा नष्टबाहेक थप केही गरिएको छैन । बर्डफ्लु संक्रमित क्षेत्रकै बासिन्दा धमाधम बिरामी पर्न थाल्दा पनि परीक्षणमा चासो नदिएको भन्दै स्थानीयले सरकार र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका छन् । संक्रमित र्फमको कुखुरा नष्ट गर्नुअघि र गरेपछि स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । बिरामी भए/नभएको बारम्बार निगरानी गर्नुपर्नेमा टोलमा स्वास्थ्यकर्मी नआएको स्थानीयवासी कृष्णमाया ठुसाजुले बताइन् । 'टोलका सबैजसो बिरामी परेका छौं,' उनले भनिन्, 'के भयो भनेरसमेत सोध्न कोही आएन ।' उनको घर र्फमसूगै जोडिएको छ । आफू र छोरी बिरामी परेको उनले बताइन् । उनकै घरमा भाडामा बस्ने रामेछापकी शर्मिला खत्री पनि बिरामी भएकी छन् । बिरामी पर्नुका साथै दुर्गन्धले बस्न नसकेपछि कोठा सर्न लागेको शर्मिलाले बताइन् । 'दिनभर ज्यामी काम गरेर परिवार पाल्ने गरेको छु,' उनले भनिन्, 'बर्डफ्लु लागेको कुखुरा पुरिएको ठाउूको दुर्गन्धले बिरामी भइयो । के उपचार गर्ने, कहाू गर्ने ? कमाएर खानुपर्ने मान्छे, पैसासमेत छैन ।' झ्यालढोका बन्द गर्दासमेत दुर्गन्ध नघटेपछि उनीहरू आक्रोशित छन् । र्फमबाट करिब पाूच सय मिटर टाढाको जगाती प्रहरी चेकपोस्टसम्म कुहिएको कुखुराको दुर्गन्ध फैलिएको छ । दुर्गन्धले सवारी चेकजाूच गर्नसमेत समस्या भएको प्रहरीको गुनासो छ । कुखुरा नष्ट गरेको क्षेत्र वरिपरि दुर्गन्ध फैलिएपछि स्थानीयवासी अन्यत्र सर्न थालेका छन् । स्थानीयवासी जगतशेर गोसाइूका अनुसार तीन परिवार अन्यत्र गएका छन् । दुर्गन्धले बस्न नसक्ने भएपछि कानुन व्यवसायी कमलराज थापा, गोसाइूलगायत स्थानीय अन्यत्र सरेका हुन् । थापाले दुर्गन्धले घर छाडेको बताए । 'काठमाडौं स्कुल अफ ल' का सहायक प्राध्यापक उनी पुरानो घर ताथली सरेका हुन् । 'कुहिएको दुर्गन्ध मात्र होइन, हावा लागेका बेला र्फमका भुत्ला र सुकेका सुली घरभित्रै ल्याउूछ,' र्फमसूगै घर भएका उनले भने, 'जोखिममा बस्नुभन्दा घर छाडेर जानु ठीक ठानें र विस्थापित भएू ।' कुखुरा गाडेको ठाउूलाई व्यवस्थित रूपमा पुरिदिन र बिरामीको उपचार गरिदिन भन्दै शुक्रबार स्थानीयवासीले प्रहरी प्रभाग जगातीमा गएर दबाब दिएका थिए । जनस्वास्थ्य कार्यालयबाट खटिएका कर्मचारीले कुखुरा नष्ट गर्ने र र्फममा जाने व्यक्तिलाई प्रतिरोधात्मक औषधि (टाइमी फ्लु) खुवाए पनि स्थानीयको स्वास्थ्य परीक्षणतर्फ भने चासो नदिएको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ । जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अर्जुनकुमार अधिकारीले व्यवस्थित रूपमा नगाडिएकाले दुर्गन्धका कारण स्थानीयवासी बिरामी परेको हुन सक्ने औंल्याए । 'आफ्नै घर अगाडि मरेको कुखुरा गाडेको र दुर्गन्ध पनि फैलिएकाले घीन मानेर यस्तो भएको हुन सक्छ, अहिले जताततै भाइरल देखिएको छ । त्यहाँ पनि यस्तै भएको होला,' उनले भने । पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रराज भट्टले स्थानीयको गुनासो आएपछि शुक्रबार पुनः डोजर लगेर थप पुर्ने काम गरिएको बताए । चल्ला नष्ट, अन्डा त्यत्तिकै ओसारपसार र बिक्रीमा प्रतिबन्ध गरिएको अन्डा र कुखुराको चल्लालाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएर नष्ट गरेको छ । काठमाडौंबाट काभ्रेको पाूचखाल लैजाूदै गरेको २ सय चल्ला नष्ट गरिएको हो । त्यस्तै भक्तपुर चित्तपोलस्थित शिखर पोल्ट्री र्फमबाट काठमाडौं लैजान लागिएको १८ हजार ४ सय ८० अन्डा नियन्त्रणमा लिए पनि पशु कार्यालयका अधिकारीले नष्ट गरेका छैनन् । बर्डफ्लु संक्रमण फैलिएपछि सरकारले बिहीबारदेखि लागू हुने गरी उपत्यकामा एक सातासम्म कुखुरा ओसारपसार र बिक्रीमा रोक लगाएको छ । भक्तपुरका अधिकांश र्फमका कुखुरामा बर्डफ्लुको भाइरस देखिएको छ । 'कुखुरा र कुखुराजन्य पदार्थ ओसारपसारमा रोक लगाउन भन्ने आदेशअनुसार अन्डा नियन्त्रणमा लिएका थियौं,' प्रहरी प्रभाग जगातीका निरीक्षक मदनकुमार थापाले भने, 'चल्ला नष्ट गरे पनि अन्डा केही गरिएको छैन ।' नष्ट गर्नुको सट्टा व्यवसायीको दबाबपछि बर्डफ्लु भए/नभएको परीक्षण गर्न भन्दै प्रयोगशाला पठाइएको छ । अन्डा नष्ट नगर्दा पशु कार्यालयले सर्वसाधारणको स्वास्थ्यमा चासो नदिएको पुष्टि हुन्छ । ऐनमा संक्रामक रोग लागेको पत्ता लागेमा सम्बन्धित पशु सेवा कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृतले एक ठाउूबाट अर्को ठाउूमा ओसारपसार गर्न प्रतिबन्ध लगाउन सक्छन् । सम्बधित कार्यालयले ऐन कार्यान्वयन नगरेपछि विभाग र मन्त्रालयले हस्तक्षेप गरेर पालना गर्न बुधबार निर्देशन दिएको थियो । तर, भक्तपुर पशु कार्यालयले अन्डा ओसारपसारमा रोक लगाउन चासो दिएको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger