Widgets

Home » » कुखुराको मासु प्रतिकेजी २० रुपैयाँ बढ्यो

कुखुराको मासु प्रतिकेजी २० रुपैयाँ बढ्यो

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पाल्पा— देशका विभिन्न ठाउँमा बर्डफ्लु भेटिएपछि पहाडी जिल्लाहरुमा कुखुराको मासुको माग बढेको छ। पश्चिमका जिल्लाहरुमा कुखुराको मासुको आपुर्तिमा कमि हुने देखिएपछि पाल्पा, अर्घाखाँची, गुल्मी लगायतका जिल्लाहरुबाट कुखुराको मासुको माग बढेको व्यवसायी बताउँछन्। बुटवल र भैरहवामा पहाडी जिल्लाहरुबाट कुखुराको मासुको माग बढेको छ। माग बढेपछि पाल्पा जिल्लामा कुखुराको मासुको भाउ प्रति केजी २० रुपैयाँ बढाइएको छ। २ सय ६० रुपैयाँ प्रति केजी मासुको भाउ मंगलबारदेखि २ सय ८० पुर्‍याइएको मासु व्यवसायी समिति पाल्पाका अध्यक्ष दलबहादुर राजपुतले जानकारी दिए। 'ठूला सहरहरुमा मासुको आयात घट्ने हुँदा पहाडी जिल्लाहरुबाट मासु आपुर्ती गर्नुपर्ने हुन्छ', राजपुतले भने। पाल्पा जिल्ला कुखुराको मासु उत्पादनका हिसावले आत्मनिर्भर छ। 'पाल्पाबाट बुटवल र पोखारामा समेत कुखुरा निकासी हुन्छ,' पोल्ट्री व्यवसायि विदुर घिमिरे भन्छन्, 'यस्तो बेलामा ठूला सहरहरुबाट कुखुराको माग बढी हुन्छ र मूल्यमा असर पर्छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger