भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं— भ्रस्टाचार मुद्दामा जेल सजाय काटेर बाहिरिएका पूर्वमन्त्री जेपी गुप्ताले सरकारले चुनावका नाउँमा तराईमा व्यापक सुरक्षा तैनाथी बढाउने नीतिले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै
'सरकारी निगरानीले निर्वाध हिँड डुलको मेरो अधिकार कटौती गरेको छ', गुप्ताले पत्रमा भनेका छन्- 'चुनावका नाउँमा सरकारले तराईमा व्यापक सुरक्षाकर्मी परिचालन गरी मानव अधिकारको हनन् गरिरहेको छ।'
सरकारले चुनाव भाँड्ने षड्यन्त्रमा लागेका राजनीतिक दल र समूहविरुद्ध तीनै सुरक्षा निकायको संयुक्त जासुसी सन्जाल बिच्छ्याएर सरकारले घोषित चुनाव सफल बनाउने सुरक्षा रणनीति अघि सार्ने घोषणाले आफ्ना मौलिक अधिकार हनन् भएको गुप्ताले पत्रमा उल्लेख गरेका छन्।
गुप्ता तराईका भूमिगत संगठनको मोर्चा बनाउन सक्रिय रहेको र तराई केन्द्रित दलका नेताविरुद्ध भौतिक आक्रमणको चेतावनी दिएको राजन मुक्तिसँग साँठगाँठ गरेको सूचना विश्लेषण गर्दै गृह मन्त्रालयले उनका गतिविधि निगरानीलाई थप कसिलो बनाउने निष्कर्ष निकालेको थियो। राजन मुक्ति समूह तराईका दल र नेतालाई लक्ष्यित गरी आपराधिक गतिविधिमा संलग्न समूह हो। तराईमा हिंसा मच्चाइरहेको समूहसँग मिलेर गुप्ताले तराई मधेस राष्ट्रिय अभियान चलाइरहेको गोप्य सूचनाका आधारमा उनीमाथि निगरानी बढाउन गृह मन्त्रालयमा छलफल भएको थियो।
Home »
समाचार
» सुरक्षा खतरा बढेको भन्दै जेपी गुप्ताद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तलाई पत्र
सुरक्षा खतरा बढेको भन्दै जेपी गुप्ताद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तलाई पत्र
Written By sangalo on Thursday, August 1, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.