Widgets

Home » » ‘बीग बोश’मा १३० करोड लिदै सलमान, कर विभागको उड्यो होश

‘बीग बोश’मा १३० करोड लिदै सलमान, कर विभागको उड्यो होश

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक सलमान खान यतिबेला पैसा बर्साइरहेका छन् । उनी जे छुन्छन् त्यो पैसा नै बन्ने गरेको छ । गतबर्ष मात्र ‘बीग बोश सिजन ६’ मा एक भागको साढे २ करोड लिएका सलमानले यसपटक आफ्नो पारिश्रमिक बढाएका छन् । उनले ‘बीग बोश सिजन ७’ मा एक भागको ५ करोड लिएको खबरले यतिबेला बलिउड मात्र होइन विश्व बजार तताएको छ ।सलमानले २६ भाग संचालन गरेको १३० करोड लिएको बताइएको छ । यसपटक सलमान ‘बीग बोश’मा दोहोरो भूमिकामा देखिदैछन् । यसैले पनि उनले पारिश्रमिक डबल बनाएको वुझिएको छ ।
यसैबिच सलमानले ‘बीग बोश’का लागि १३० करोड लिएको चर्चा बजारमा आएसँगै भारतिय इनकम ट्याक्स डिपार्टमेन्टको होश उडेको छ । इनकम ट्याक्सको आखा पर्नुको मुख्य कारण सलमानले यो सबै रकम उनको एनजीओ ‘बीइङ ह्यूमन’को नाममा राखेर करबाट बच्न पनि सक्नेछन् । सलमान बलिउडमा छोटो पर्दामा सबैभन्दा धेरै पारिश्रमिक लिने पहिलो कलाकार हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger