Widgets

Home » , » अफ्रिकामा नेपाली डाक्टरहरू

अफ्रिकामा नेपाली डाक्टरहरू

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

dr.sudha sharma

नाइजेरिया, श्रावण २६ - स्वास्थ्यमन्त्री राजेन्द्र महतोले एउटै मन्त्रालयमा दुई सचिव नियुक्त गरेपछि उत्पन्न भद्रगोलबाट उम्कन राजीनामा दिएकी तत्कालीन सचिव सुधा शर्मा यतिखेर तान्जानियाको दारेसलाममा युनिसेफ जागिरे छिन् । उनका चिकित्सक पति विजय पनि स्थानीय टीएमजे अस्पतालमा चिकित्सक छन् । ६२ वर्षीया शर्मा वीर अस्पतालकी पूर्वचिकित्सक पनि हुन् । यी चिकित्सक दम्पती प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय अवसरको खोजीमा विभिन्न अफ्रिकी मुलुक पुग्ने नेपाली चिकित्सकको संख्या करिब १ सय छ । शर्माका अनुसार 'काम गर्ने वातावरण, पाएको अवसर र राम्रो कमाइ' का कारण यति टाढाको दुनियाँमा रमाउँदै काम गर्नुपर्ने अवस्था उनीहरूसँग छ । अँध्यारो महादेशका रूपमा चिनिने अफ्रिकामा नेपाली चिकित्सकहरू स्वास्थ्य सेवाको उज्यालो फैलाउँदै छन् । स्वास्थ्य मन्त्रालयकै अर्का चिकित्सक विन्देश्वरप्रसाद यादव अर्को उदाहरण हुन् । जो, दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा ४ वर्षदेखि 'मेडिकल जागिरे' छन्, बढुवामा भएको अन्याय सहन नसकेर राजीनामा दिई उनी त्यता हानिएका हुन् । वीरगन्जवासी उनले स्थानीय सहरमा क्लिनिक खोलेका छन् । दक्षिण अफ्रिकामा मात्रै केएस गैरे, नारद पाण्डे, हरिगोपाल वैद्य, साधुराम पाण्डे, अमर देउजा, रामेश्वर गंगोल र निर्झर भट्टलगायत नेपाली चिकित्सक कार्यरत छन् । सन् १९८६ मै दक्षिण अफ्रिका आइपुगेका साधुराम समुद्री किनारको इस्टलन्डन सहरका बासिन्दा हुन् । उनकी छोरी कमलासमेत अफ्रिकामै व्यावसायिक चिकित्सा दुनियाँमा प्रवेश गरिसकेकी छन् । उनका अनुसार आफूजस्तै ८ नेपाली परिवार डाक्टरी पेसामा संलग्न रहेर उक्त सहरमा जीविकोपार्जन गरिरहेका छन् । वीर अस्पतालका पुराना डाक्टर नारद पाण्डे पनि दक्षिण अफ्रिकाको इस्टर्न केभस्थित सरकारी अस्पताल बटरवर्थमा काम गर्छन् । स्याङ्जावासी पाण्डेले सोभियत संघ (हाल युक्रेन) बाट सन् १९७८ मा एमबीबीएस गरेका हुन् । 'अलिक राम्रो अवसर खोजिरहेका बेला सन् १९८० मै म यता आएको हुँ,' उनले फोनमा भने, 'काम गर्दै जाँदा यतैको कार्यक्षेत्र र दायरा बढ्दै गयो, यतैको बानी बस्यो ।' अहिले नारदकी छोरी मधु पनि इस्टर्न केभकै एक निजी अस्पतालमा चिकित्सक छिन् । पुरानो बासस्थान पाल्पा भएका गंगोलले पनि वीर अस्पतालमा छोटो समय काम गरेका हुन् । हाडजोर्नी विशेषज्ञ गंगोल २० वर्षयता डर्बनस्थित एक सरकारी अस्पतालमा कार्यरत छन् । 'देशबाहिर आएर काम गर्नुमा इच्छाको मात्रै कुरा आउँदैन, परिस्थितिले पनि बाध्य बनाइरहेको हुन्छ,' पाण्डेले भने । उनको बुझाइमा अफ्रिकी मुलुकहरूमा छरिएर बसेका नेपाली चिकित्सक 'इच्छा' भन्दा बढी परिस्थितिका कारण यहाँसम्म आइपुगेका हुन् । विगत ३५ वर्षदेखि दक्षिण अफ्रीकाको उमटाटामा बस्दै आएका पाल्पाबासी चिकित्सक खिमानन्द शर्मा गैरेसँग काठमाडौंको कान्ति अस्पतालमा कामको अनुभव छ । उनकी पत्नी विमला श्रेष्ठ नेपालकै पहिलो नाक, कान, घाँटी विशेषज्ञ हुन् । ६५ वर्षीय गैरे अहिले स्थानीय सरकारी अस्पतालको पेडियाटि्रक विभाग प्रमुख छन् । 'पैसाभन्दा बढी सेवामा पाइने सन्तुष्टिले यता आएको थिएँ,' गैरेले फोनमा भने, 'नेपालमा अलिक बढी अवसरसहितको सन्तुष्टि पाएको भए सायद उतै बस्थें ।' अर्को अफ्रिकी मुलुक केन्या पुगेका कृष्णदत्त भट्ट पनि नैरोबीस्थित एक निजी अस्पतालमा 'रेडिएसन उपचार पद्धति' मा काम गरिरहेका छन् । भरतपुर क्यान्सर अस्पतालका चिकित्सक उनी २ वर्षे बिदामा यता आएका हुन् । 'आर्थिकभन्दा प्राविधिक क्षमता र ज्ञान विस्तारको अवसर यता छ,' उनले फोनमा भने । नाइजेरियाकै उत्तरी कादोना क्षेत्रमा विश्व स्वास्थ्य संगठनको पोलियो उन्मूलन कार्यक्रममा आएका चिकित्सक ताराप्रसाद श्रेष्ठ पनि ५ वर्षदेखि यतै रमेका छन् । अफ्रिकी मुलुक लाइबेरिया र जाम्बियामा काम गरेपछि नाइजेरिया आएका उनी पनि कामको अवसर र वातावरणबाट निकै सन्तुष्ट छन् । बीस वर्षदेखि दक्षिण अफ्रिकालाई कर्मथलो बनाएका सल्यानवासी चिकित्सक सुवर्ण प्रधानसँग शिक्षण अस्पतालदेखि परिवार नियोजनका जिल्लास्थित स्याटलाइट क्लिनिकसम्म कामको अनुभव छ । एड्स नियन्त्रण परियोजनाअन्तर्गत ताप्लेजुङदेखि जाजरकोटसम्म 'पोस्टिङ' मा परे । पूर्वसूचनासमेत नदिई गरिने पोस्टिङ र सेवासुविधाको विभेद खप्न नसकेर उनी अफ्रिका छिरे । 'नेपालमा रोजाइका थप विकल्प थिएनन्,' प्रधान भन्छन्, 'इच्छाअनुसार अवसरको खोजी र विकल्प छनोट गर्न पाइने भएर धेरै चिकित्सक अफ्रिका आइपुगेका हुन् ।' उनका अनुसार अफ्रीकी मुलुकबाट पनि केही नेपाली चिकित्सक क्यानडा पुगिसकेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger