Widgets

Home » , » दिल्लीको सन्देश के ?

दिल्लीको सन्देश के ?

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

manmohan singh

नयाँदिल्ली, श्रावण २६ - तीन महिना अन्तरमा नेपाली नेताहरूका चार उच्चस्तरीय राजनीतिक दिल्ली भ्रमणमा कुन बढी अर्थपूर्ण र विशिष्ट होला ? पछिल्लोपल्ट कांग्रेस सभापति सुशील कोइरालाको भ्रमणसँगै यो बहस सुरु भएको छ । पछिल्लो एक महिनामा कांग्रेसका दुई शीर्ष नेताहरू सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले भ्रमण गरेका छन् । भारतले लिने नेपाल नीतिमा परिवर्तनका विन्दु पहिल्याउन र नेपालले चाहेको परिवर्तनको संस्थागत स्वरूपबारे जानकारी लिन राजनीतिक तहमा भेटघाट भइरहेको स्पष्ट छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस नेता देउवाको भ्रमण 'पूर्वप्रधानमन्त्रीको हैसियत' मा थियो भने यो साता दिल्ली आएका कोइरालाको 'पार्टी सभापतिको हैसियतमा ।' यसअघिका भ्रमणहरू राजनीतिकभन्दा बढी द्वैपक्षीय सहयोग र सम्बन्धका अन्य आयाम तथा विकास निर्माणका परियोजना केन्दि्रत देखिन्थे । तर कोइरालाको भ्रमण नेपालमा आसन्न संविधानसभा निर्वाचनमा भारतीय स्पष्ट अडान र दुई देशका कांग्रेस पार्टीको ऐतिहासिक सम्बन्धको व्याख्यानमा बढी केन्दि्रत देखियो । यी भ्रमणबीचमा भारतीय विदेश मन्त्रालयले जानाजानी वा झुक्किएर नेताहरूबीच भ्रमण हैसियतको 'स्पष्ट संकेत' देखाएको छ । कांग्रेस नेता देउवा र कोइरालाको भ्रमण तालिकालाई मात्रै विदेश मन्त्रालयले नियमित कार्यसूचीमा राख्यो भने दुई कम्युनिस्ट पूर्वप्रधानमन्त्री दाहाल र नेपाल सूचीमा अटाएनन् । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको बुझाइमा भारतीय संस्थापन पक्षले नेपाली कांग्रेसका नेताहरूको दिल्ली भ्रमणमा देखाएको 'उच्च प्राथमिकतासँगै राजनीतिक संकेत' पनि स्पष्ट भएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धीले कोइरालासँग नेपाली कांग्रेस र भारतीय कांग्रेसबीचमा स्वतन्त्रता संग्रामदेखिको सम्बन्ध रहेको स्मरण गर्दै नेपाल अहिले परिवर्तनको ऐतिहासिक मोडमा रहेकाले 'कांग्रेसले बढी जिम्मेवारी' बहन गर्नुपर्ने स्पष्ट धारणा राखे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger