Widgets

Home » » अधिकारी दम्पतीको स्वास्थ्य गम्भीर

अधिकारी दम्पतीको स्वास्थ्य गम्भीर

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Adhikari

श्रावण २५ - काठमाडौंछोराको हत्यारालाई कारबाही गर्न माग गर्दै छ महिनादेखि आमरण अनशनमा बसेका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पतीको स्वास्थ्य गम्भीर बन्दै गएको चिकित्सकले बताएका छन् । गोरखा फुजेलका ५५ वर्षे नन्दप्रसाद र ५३ वर्षीया गंगामाया वीर अस्पतालको आकस्मिक कक्षमा छन् । आकस्मिक कक्षमा आठ दिनदेखि सुतेका उनीहरूले उपचार गर्न नमानेको चिकित्सकहरूले जनाए । 'पानीसमेत नपिएकाले उनीहरूको शरीर अन्यन्तै कमजोर भइसकेको छ,' अस्पतालका आकस्मिक विभाग प्रमुख नुच्छेमान डंगोलले भने, 'पेट पोल्यो छाती पोल्यो भनिरहन्छन् औषधि दिँदा खानै मान्दैनन् ।' चिकित्सक डंगोलका अनुसार नन्दलाल जेनतेन बोल्न सक्छन् गंगामायाको अवस्था अत्यन्तै नाजुक भइससकेको छ । उनी ओछ्यानमा हलचल गर्न सक्दिनन् नबोलेको एक साता भएको छ । चिकित्सकहरूले रक्तचाप नापे पनि रगत जाँच्न र औषधि खान भने उनीहरूले मानेका छैनन् । उनीहरूको शरीरलाई प्रोटिन, भिटामिन, क्यालोरीको कमी भएको चिकित्सकले बताए । नन्दलाल दुई दिनदेखि पेट दुख्ने समस्याले ग्रस्त छन् । गंगामायाको छाती पोल्ने समस्या थपिएको छ । यति हुँदा पनि अपराधीलाई कारबाही नभएसम्म अनशन बसेरै मर्ने नन्दप्रसाद बताउूछन् । 'मृत्युको प्रवाह नगरी न्यायका लागि बसेका हौं,' उनले भने । दम्पतीको खस्कूदै गएको स्वास्थ्य अवस्थाले अस्पतालमा समस्या परेको छ । अस्पतालको आकस्मिक विभागमा उनीहरूलाई भेट्न आउनेको चाप छ । राजनीतिक दलका नेता र मिडियाको पनि आवतजावत भइरहेकाले आकस्मिक कक्ष भीडभाड बनेको छ । ०६१ मा माओवादीले अपरण गरेर छोरा कृष्णप्रसादको हत्या गरेको र २०६४ मा जग्गा कब्जा गरेको अधिकारी दम्पतीको आरोप छ । 'मर्नु परे यही मर्छुं तर अपराधीलाई कारबाही नगरेसम्म अनशन तोड्दिनँ,' उनले भने । वीर अस्पतालको आकस्मिक कक्षमा आठ दिनदेखि सुतिरहेका अधिकारी दम्पती । उनीहरूको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger