भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, महोत्तरी । आफ्नै छात्रालाई बलात्कार गर्ने शिक्षक महोत्तरीमा पक्राउ परेका छन् । महोत्तरीको गौशाला-२ स्थित न्यू पाठशाला आवासीय विद्यालयको छात्रावासमा आफ्नै छात्रामाथि बलात्कार गर्ने सोही विद्यालयका शिक्षक नागेन्द्र ठाकुरलाई बिहीबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सर्लाही जिल्ला कविलाशीका बासिन्दा ठाकुरले गत मङ्गलबार राति छात्रावासमा सुतिरहेकी एक छात्रालाई बलात्कार गरेका थिए । छात्राको उजुरीकै आधारमा ठाकुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । यता विद्यालयका छात्रछात्रा र विद्यालय आसपासका बासिन्दाले ठाकुरमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरीले ठाकुरसँगको बयानपछि अदालती कारबाही तत्काल सुरु गरिने जनाएको छ । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.