Widgets

Home » » कांग्रेसको पार्टी कार्यालयमा बम विस्फोट

कांग्रेसको पार्टी कार्यालयमा बम विस्फोट

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, सिरहा । सिरहाको सदरमुकामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयमा सामान्य क्षति पुगेको छ । बिहीबार राति साढे ८ बजे गराइएको विस्फोटबाट कार्यालयमा रहेका सामान जलेको प्रत्यक्षदर्शीले बताएका छन् । काँग्रेस पार्टी कार्यालयभन्दा करिब ३ सय मिटर पूर्व-उत्तरमा जिल्ला प्रहरी कार्यालय रहेको छ भने १ सय ५० मिटर उत्तर हेमनारायण चौकमा प्रहरीको चौबिस घन्टे ड्यूटी रहेको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमान्डर जय मुक्तिले सञ्चारकर्मीलाई फोन गरेर बम विस्फोटनको जिम्मा लिएका छन् । केही मधेसवादी दललगायत पहाडी सत्तावादले मधेसमा आफ्नो अस्तित्व जमाएर मधेस र मधेसी जनताको शोषण गरिरहेकाले काँग्रेस पार्टी कार्यालयमा बम विस्फोट गराएको मुक्तिले टेलिफोनमा बताए । यता, दुई दिन अगाडि मात्र कार्यभार सम्हालेका सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भने पार्टी कार्यालयमा बम विस्फोट नभएको दाबी गर्दै बम विस्फोटको हल्ला मात्र फैलाइएकोे जिकिर गर्नुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger