Widgets

Home » » धनाढ्यहरू प्रहरीले पक्राउ गर्ने बित्तिकै 'सिकिस्त’

धनाढ्यहरू प्रहरीले पक्राउ गर्ने बित्तिकै 'सिकिस्त’

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Birami

काठमाडौ, श्रावण १८ - प्रहरीले दुई दिनअघि पक्राउ गर्दा स्वस्थ्य बैंक ठगीका अभियुक्त मनोज चौरसिया बुधबार अदालतको इजलासमा पुर्‍याउनासाथ 'सिकिस्त बिरामी ' भए । लल्याकलुलुक भएको अभिनय गर्दै बयान गर्न असमर्थता जनाएपछि उनका वकिलले आफ्नो क्लाइन्ट मधुमेह, उच्च रक्तचापलगायत रोगको बिरामी भएकाले बयान गर्न नसक्ने बेहोराको तयारी निवेदन अदालतमा पेस गरे । न्यायाधीशद्वय सुरेन्द्रवीर बस्न्यात र हरि बगालेको इजलासले स्वास्थ्य प्रतिवेदनसहित बयानका लागि अदालतमा हाजिर गराउन आदेश दिएका छन् । नर्भिकमा भर्ना हुने इच्छा व्यक्त गरेका उनलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो । 'वीर अस्पतालमा सम्पूर्ण स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नदेखिएको जुनियर डाक्टरले अनौपचारिक रूपमा बताएका छन्,' सम्बद्ध स्रोतले भन्यो, 'विशेषज्ञ डाक्टरले के लेख्छन् ? हेर्न बाँकी छ ।' वकिल रमणकुमार श्रेष्ठले मधुमेह र उच्च रक्तचापको सिकिस्त बिरामी भनेका उनको परीक्षणमा अवस्था सामान्य पाइएको छ । एच एन्ड बी बैंकमा १ अर्ब ६ करोड रुपैयाँ ठगी गरेको मुद्दामा चौरसियाले ४७ करोड ठगेको अभियोग छ । यसबाहेक अरू २ मुद्दामा गरी ५० करोड रुपैयाँभन्दा बढी ठगेको उनीमाथि अभियोग छ । केही दिनअघि सीआईबीले नियन्त्रणमा लिएकी गौरी खनाल ज्ञवाली तीन दिन प्रहरी हिरासमा बसेपछि एक्कासि 'सिकिस्त' भइन् । वीर अस्पताल लैजान खोज्दा ज्ञवाली र उनको परिवारले काठमाडौं मेडिकल कलेज -केएमसी) मै 'उपचार' गर्नपर्ने अड्डी कस्यो । प्रहरीले वीरमै पुर्‍याए पनि अभियुक्त पक्षले सेटिङ मिलाइसकेको थियो । वीरका डाक्टरले तत्काल केएमसी रिफर गरिदिए । 'केएमसीमा ज्ञवाली परिवारकै लगानी रहेको बुझियो,' केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) अधिकारीले भने । यसअघि ठगीमा फरार अभियुक्त विनिता प्रधानले साढे २ महिना -२०६८ माघ ११ देखि चैत २६) अस्पताल बसेर रेकर्ड नै बनाएकी थिइन् । दिल्लीमा समेत ठगी गरेको अभियोगमा भारतीय प्रहरीबाट जारी भएको 'रेडकर्नर नोटिस' का आधारमा थाइल्यान्डबाट यहाँ पठाइएकी प्रधान हवाईजहाजबाट ओर्लिने बित्तिकै सिकिस्त भइहालिन् । उनीसँग अदालतले साढे १ करोड रुपैयाँ धरौटी माग गर्‍यो । धरौटी बुझाउन नसकुन्जेल उनी 'सिकिस्त' भइरहिन् । वीर र त्रिभुवन शिक्षण अस्पतालमा बसेर धरौटी जोहो गरेपछि उनी सामान्य भइहालिन् । चरीको नामले कुख्यात गुन्डा नाइके दिनेश अधिकारीलाई प्रहरी खोरबाट अस्पतालको सुविधा सम्पन्न क्याबिनमा सार्न दबाब दिन एमाले नेता राजेन्द्र पाण्डे, महेश बस्नेत लगायत नेता नै काठमाडौं प्रहरी परिसर, हनुमान ढोकामा धर्ना कस्न पुगेका थिए । थुनुवा अस्वस्थ्य भए सरकारी अस्पतालमा उपचार गराउनुपर्ने 'नम्र्स' अनुसार प्रहरीले थुनुवालाई वीर अस्पताल लैजाने गर्छ । अभियुक्त पक्षले अस्पतालका डाक्टरलाई मिलाएर आफूले चाहेको अस्पतालमा लैजाने गर्छन् । गोली लागेको पुरानो घाउमा 'इन्फेक्सन' हुन्छ भनेर चरीलाई वीर अस्पताल लगिएको थियो । वीरले तत्काल मनमोहन मेमोरियल अस्पताल रिफर गरिदियो । 'निको भइसकेको घाउलाई इन्फेक्सनबाट बचाउन पनि वीरले अर्को अस्पताललाई लेख्नुपर्‍यो,' परिसरका एक प्रहरी अधिकृतले टिप्पणी गरे । मनमोहन अस्पताल चरीलाई छुटाउन धर्ना कस्ने पाण्डे लगायतको व्यवस्थापनमा चलेको छ । 'वीर अस्पतालले किन अभियुक्तको इच्छाअनुसारको अस्पतालमा रिफर गर्छ भन्नेबारे व्यवस्थापनसँग छलफल गर्ने भएका छौं,' काठमाडौं परिसर प्रमुख सुबोध घिमिरेले भने । अस्पतालले विशेषज्ञ डाक्टर वा उपकरण के नभएर रिफर गर्नुपरेको हो कारण खुलाउनुपर्ने एसएसपी घिमिरले बताए । प्रहरी हिरासतमा पुग्नासाथ सिकिस्त भएको अभिनय गर्नुको एउटा कारण सुविधा सम्पन्न ठाउँमा बस्न पाउनु हो । हुन त बैंकिङ ठगीजस्ता आर्थिक अपराधका अभियुक्तलाई प्रहरीले हनुमानढोकाको खोरभन्दा आरामदायी सिंहदरबार प्रभागमा राख्ने गरेको छ । तैपनि अस्पतालको सुविधा सम्पन्न क्याबिनजस्तो सुविधा त्यहाँ पाइन्न । प्रहरी अड्डामा निर्धारित समयमा मात्र थुनुवा भेट्न पाइन्छ । अस्पतालमा जुनसुकै बेला भेट्न पाउँछन् । 'त्योभन्दा पनि अभियोगको प्रतिरक्षाका लागि रणनीति बनाउने मौका पाउँछन्,' प्रहरीका एक उच्च अधिकारी भन्छन् । प्रहरी हिरासतमा एक त निर्धारित समयमा मात्र भेटघाट पाइन्छ । गोप्य सरसल्लाहको मौका हम्मेसी पाइन्न । अस्पतालमा बसेपछि आरामसँग रणनीति बनाउन पाइन्छ । वकिल, दलाल सबै थरीलाई एकै ठाउँमा भेला गरी बयानमा के भन्ने लगायत रणनीति बनाउन सकिन्छ । चौरसिया रणनीतिकै लागि बिरामी परेको सीआईबीको निष्कर्ष छ । स्रोतका अनुसार ८ महिना भारतमा लुकेर यहाँ आएपछि अदालतमा हाजिर भई तारेखमा छुट्ने तारतम्य मिलाउन दलालको सम्पर्कमा थिए । त्यही बीचमै प्रहरीले पक्राउ गरेपछि उनको योजना तुहियो । 'अब उसले अस्पताल बसेर पुरानो योजनालाई निरन्तरता दिन्छ,' सीआईबी सम्बद्ध स्रोतले भन्यो । यही प्रवृत्ति जारी रहे प्रहरी हिरासत पैसा नभएका ससाना अभियुक्तका लागि मात्र हुने प्रहरीको भनाइ छ । 'ससानो रकम ठग्नेचाहिँ चिसो खोरमा पर्ने भए,' ती प्रहरीले भने, 'करोड र अर्ब रुपैयाँ ठग्नेले अस्पतालको क्याबिनबाटै सबै काम भ्याउने भए ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger