Widgets

Home » » बालकले नाटक गर्दा दिनभर ६ जिल्लामा तनाव

बालकले नाटक गर्दा दिनभर ६ जिल्लामा तनाव

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


दोलखा, श्रावण १८ - अपहरणकारीबाट फुत्किएको बताउँदै रुँदै घर फर्किएको बालक लिएर भगवती राउत बिहीबार अपराह्न जिल्ला प्रहरी पुगेपछि तनाव सुरु भयो । विद्यालय जाँदै गर्दा सदरमुकाम चरिकोट भालुखोलानिर एक सेतो रङको मोटरमा हालेर मुखमा पट्टी लगाई हात बाँधेर लान खोज्यो भन्ने बालकको भनाइले त्रसित भगवती रुँदै प्रहरीको शरणमा पुगेकी थिइन् । गुड्दै गरेको गाडीबाट आफू हाम्फालेर भागेको तर अझै एक छात्रा पनि अपहरित भएको बालकको बयानपछि प्रहरीको सञ्चारकक्षले अपहरणमा संलग्न गाडी खोज्नेबारे सूचना गर्न थाल्यो । फुत्केर आएको बताउने १० वर्षषीय बालकको भनाइ आधारमा मुख थुनेर लगेको बालिकाको उद्धार गर्न रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्मका प्रहरी कार्यालयमा सञ्चार भयो । तत्काल सम्भावित मोटर गुड्न सक्ने सडकमा सबै जिल्लाका प्रहरीले चेकजाँच कडा पारे । काठमाडौं कोटेश्वर क्षेत्रमा सवारीहरू एकएक गरी दिनभर अवरोध गरेर जाँच भयो । पाँचै जिल्लाका सडक नाकाहरू दिनभर विशेष निगरानीमा रह्यो । अपहरणको घटना क्षणभरमा परालको आगोझैं फैलिएपछि चरिकोट बजारमा त झनै तनाव भयो । सबै विद्यालय अभिभावकहरूले भरिन थाले । आफ्नो बच्चा विद्यालयमा भए/नभएको बुझ्न महिला बजारका बाटामा हतारिएर हिँडिरहेका थिए । जताततैबाट अपहरणको जानकारी माग्न गरिएको फोनलाई प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्ले रिसिभ गर्नसम्म भ्याइरहेका थिएनन् । तनाव बढ्दै गएपछि उनले प्रहरी निरीक्षक कैलाश राईको कमान्डमा अपहरणकारी खोज्न तत्काल खटाए । बालकलाई लिएर प्रनि राई मोटरमा चढाएको र ओरालेको ठाउँहरू निरीक्षण गर्न थाले । बालक प्रहरीसँग आफू अपहरित भएर फुत्किएको र एक अपरिचित बालिका भने लिएर गएको कुरा बेलुकी ५ बजेसम्म दोहोर्‍याइरह्यो । जब साँझ पर्दै गयो, त्यसपछि बल्ल बालकले प्रहरीलाई भनिदियो, 'पढ्न जान मन नलागेपछि जंगलमा झोला फालेर फिलिममा जस्तै अपहरण भएको कुरा भनिदिएको ।' आमालाई विश्वासमा पार्न बालकले टीभीमा देखेजस्तै गरी हात बाँधेर मुखमा पट्टी बाँधेको र मोटरमा राखेर कुदाएको नाटक सुनाएको रहेछन् । दिनभर बालकको झूटो नाटकपछि थकित प्रनाउ काफ्लेले साँझसम्म पाँचै जिल्लाका प्रहरी तनावमा रहेको बताए । दिनभर विभिन्न ठाउँबाट आएको फोन उठाउनसमेत हम्मे परेको उनले सुनाए । बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटना बालविज्याईका कारण भएकाले यस्को जिम्मेवारी अभिभावकलेनै लिनु पर्ने प्रनाउ काफ्लेले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger