भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, कुवेत । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । एक नेपाली घाइते भएका छन् । सालमियाको अरबियन गल्फ रोड पार गर्ने क्रममा भएको दुर्घटनामा परी पाल्पाका विष्णुबहादुर मसांग्री, झापाका झपेन्द्र प्रसाद र दाङका भूपेन्द्र वलीको मृत्यु भएको हो । घाइते पाल्पाका वीरबहादुर गाहाको उपचार भइरहेको छ ।
उनीहरु चारै जना बुदाई ग्रुप अन्तगत रेस्टुरेन्टमा काम गर्ने कामदार रहेको दूतावासले जनाएको छ ।
आफ्नो डिउटी सकेर डेरामा आउँदै गर्दा मरिना महल नजिकै निशेध गरिएको ठाउँबाट सडक काट्नेक्रममा दुर्घटना भएको दूतावासले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।
यता मृतकको शरिरलाई नेपाल पठाउने तयारी दूतावासले सुरु गरेको कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले जानकारी दिनुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.