Widgets

Home » , » रेकर्ड ब्रेक गर्दै साहरुखको चेन्नाइले कमायो १५७ करोड

रेकर्ड ब्रेक गर्दै साहरुखको चेन्नाइले कमायो १५७ करोड

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले पहिलो सातामा सबै रेकर्ड ब्रेक गर्दै नयाँ इतिहास रचेको छ । चलचित्रले बलिउड सिने नगरीमा यस अघि बनेका सबै रेकर्डलाई तोड्दै नयाँ इतिहास बनाएको हो ।चलचित्रले एक सातामा १५७ करोडको व्यापार गरेको छ । चलचित्रले भारतको स्वतन्त्रता दिवसको दिनमा प्रदर्शनमा आएको अक्षय कुमारको नयाँ चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’को व्यापारलाई पनि उछिनेको छ । यो चलचित्रले बिहिबार ९ करोडको व्यापार गरेको छ भने ‘चेन्नाई एक्सप्रेस’ले १९.५ करोडको व्यापार गरेको छ । सलमान खान अभिनित ‘एक था टाइगर’ले एक सातामा गरेको १३५ करोडको व्यापारलाई समेत साहरुखले उछिनेका छन् । चलचित्रले सलमानका अघिल्ला सफल चलचित्र ‘बडीगार्ड’, ‘दबंग २’,‘रेडी’को लाइफ टाइम बीजनेशलाई समेत एक सातामै उछिनेको छ ।
दोश्रो सातामा समेत राम्रो व्यापारको छनक देखाएको यो चलचित्रले २ सय करोडको आँकडा छुने पक्का जस्तै देखिएको छ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ । चेन्नाई एक्सप्रेसले आफूलाई एक सातामै बलिउडमा प्रदर्शनमा आएका सफल चलचित्रको सुचिको चौथो स्थानमा उभ्याइसकेको छ । अब ४५ करोड कमाएको खण्डमा यसले थ्री इडियट्सले कमाएको २०२ करोडको सबैभन्दा ठूलो व्यापारको आँकडालाई पनि उछिन्ने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger