Widgets

Home » , » थानकोटमा भेहिकल एक्स रे राख्न मन्त्रीको निर्देशन

थानकोटमा भेहिकल एक्स रे राख्न मन्त्रीको निर्देशन

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३२ साउन, काठमाडौं । अर्थ मन्त्री शंकरप्रसाद कोइरालाले Vehicle X-ray machine प्रयोगमा ल्याउन, आवश्यक स्थानमा छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न र केन्द्रीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिलाई सक्रिय बनाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।
revenue 1
मन्त्री कोइरालाको संयोजकत्व आज शुक्रबार सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा उहाँले सो निर्देशन दिनु भएको हो ।
अर्थ सचिव शान्तराज सुवेदीले राजस्व चुहावटसम्बन्धी प्राप्त सूचनाहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीले आपूm खटिएको क्षेत्रको भन्सार कार्यालय वा राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयमा उपलव्ध गराउन निर्देशन दिनुभयो ।
राजस्व चुहावटसम्बन्धी प्राप्त सूचनाका आधारमा भन्सार कार्यालयका प्रमुख वा राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयका प्रमुखले सुरक्षा निकायसँग समन्वय गरी राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक कारवाही संचालन गर्न पनि उहाँले निर्देश गर्नुभयो ।
राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयहरु एवं भन्सार कार्यालयहरुले जफत गरेका मालसामान तत्काल लिलामी गर्ने व्यवस्था मिलाउन अर्थ सचिव सुवेदीले निर्देशन दिनुभयो ।
भन्सार कार्यालयले जाँचपास गरी सिल लगाएको ट्रक तथा कन्टेनरहरु राजस्व अनुसन्धान विभाग वा राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयहरुले मात्र सिल खोली जाँच गर्न सक्ने भएकोले राजस्व चुहावटको सूचना प्राप्त भएमा सिल लगाइएका ट्रक तथा कन्टेनरहरु सुरक्षा निकायले सम्बन्धित राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयमा बुझाउने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको थियो ।
 गृह सचिव नविनकुमार घिमिरेले चोरी पैठारी हुनसक्ने मालवस्तुहरुको पहिचान गरी विशेष निगरानी गर्नुपर्ने, राजस्व चुहावट नियन्त्रणमा विगतमा समन्वय हुन नसकेका विषयमा आन्तरिक रुपमा छानविन भइरहेको र सुरक्षा निकाय विच आपसमा सहयोग र समन्वय बढाउन पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
साथै, थानकोटमा Vehicle X-ray machine राख्न आवश्यक भएकोले सोको पहल गर्न उहाँले अर्थ मन्त्रालयसँग अनुरोधसमेत गर्नुभयो ।
 नेपाल प्रहरीका प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले नेपाल प्रहरी स्थापना काल देखि हालसम्म नै राजस्व चुहावट नियन्त्रणमा सक्रिय रुपमा संलग्न रही आएको र भविष्यमा समेत राजस्व चुहावट नियन्त्रणमा लागि रहने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
महानिर्देशक रानाले राजस्वसँग सम्बन्धित नीतिहरु, अनुगमन गर्दा अपनाउनु पर्ने कार्यविधि लगायतका विषयमा सुरक्षा निकायबाट खटिने कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था हुनुपर्ने र राजस्व चुहावटका सूचना संकलन गर्न सरल रुपमा सुराकी प्रोत्साहन उपलव्ध गराउन माग गर्नुभयो ।
 सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी वलबाट राजस्व चुहावट नियन्त्रणमा खटिने सुरक्षा वलका कर्मचारीहरुलाई राजस्व सम्बन्धी अभिमुखिकरण तालीम आवश्यक रहेको उल्लेख गर्नुभयो । छोटी भन्सार कार्यालयहरुले गर्नसक्ने कारोवारको सिमाको पुनरावलोकन हुनपर्ने उहाँको सुझाव थियो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक खुमराज पुञ्जालीले राजस्व चुहावट नियन्त्रणमा हालसम्म भएका प्रयास, समस्या र गरिएका कार्यहरुको वारेमा जानकारी गराउनु भयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger